दिपज्योती सहकारीले दियो सहकारी सिक्षा तालिम

शंकरप्रसाद पोखरेल
तिलोत्तमा, जेठ २१ गते । रुपन्देहीको तिलोत्तमाको शंकरनगर १ मा सञ्चालित दिपज्योती बचत तथा ऋण सहकारीले एक दिने आधरभुत सहकारी सिक्षा तालिम दिएको छ ।
तालिमको मुख्य उद्देश्य शेयर सदस्यहरुलाई सहकारीका विषयमा दक्ष बनाउनु हो ।

उक्त शिक्षा तालिममा एक सय जना सेयर सदस्यहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश बुटवल शाखा प्रमुख नारायण बेलबासेले प्रशिक्षण दिएका थिए ।

तालिम कार्यक्रमको मुख्य अथिती तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष फर्सुराम गिरीले आधारभूत सहकारी शिक्षा तालिमले सहकारीका सदस्यहरुलाई ठूलो शिक्षा दिने बताए ।
उक्त कार्यक्रममा फर्सुराम गिरी, संस्थाका अध्यक्ष होमनाथ पान्डे, अम्विका कंडेल, रुपा ज्ञवालीलगायतले आआफ्ना भनाइ राखेका थिए ।
सहकारीका कार्यसमिती सदस्य, शिक्षा तथा शेयरवृद्धि उपसमितिका संयोजक कृष्णप्रसाद कंडेलको अध्यक्षता र सचिव ललिता क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।