बुटवलमा विक्री शुरुभयो रोयल इन्फिल्ड स्क्राम मोटरसाइकल


बुटवल, जेठ २४ गते । गैरे प्रतिष्ठानले बुटवलमा रोयल इन्फिल्ड स्क्राम मोटरसाइकल बजारमा ल्याएको छ । दश वर्ष अखिदेखि मोटरसाइकल विक्री गर्दै आएको गैरे प्रतिष्ठाले रोयल इन्फिल्ड स्क्रामका नयां मोडलका मोटरसाईकल विक्री शुरु गरेको छ ।

बुधबार एक कार्यक्रमकावीच नयां प्रविधि जडान गरिएको मोटरसाईकल विक्रका लागि बुटवलको कालिकानगरमा नयां स्वरुम सञ्चालन गरिएको छ । १० करोडको लगानीमा रोयल इन्फिल्ड हिमालयनमा आधारित मोटरसाईकल विक्री शुरु गरिएको गैरे प्रतिष्ठानका अध्यक्ष पे्रमराज गैरेले बताए ।
विक्री शुरु गरिएको पहिलो दिन नै ४० वटा मोटरसाईकल बुकिङ भएको र २० वटा मोटरसाईकल डेलिभरी गरिएको प्रतिष्ठानका अध्यक्ष गैरले बताए ।
अरु कम्पनीका मोटरसाईकल भन्दा भरपर्दो र मुल्य पनि कम रहेकाले मानिसहरु आर्कषित भएको गैरे प्रतिष्ठानले बताएको छ ।रोयल इन्फिल्डको नयां स्कायाम्बलरको ग्राउण्ड क्लियरेन्स २ सय एमएम छ । ३ सय ५० सिसी रहेको रोयल इन्फिल्ड मोटरसाईकलको अहिलको ४ लाख ९९ हजार बजार मुल्य रहेको गैरे प्रतिष्ठानले बताएको छ ।

नयां मोटरसाइकल विक्रीका लागि स्थापना गरिएको शो रुम उद्घाटन कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलयम डिलर एशोसिएसनका अध्यक्ष हिमाल गैरे र बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेले नयां उत्पादनलाई बजारमा ल्याउंदा बुटवलको बजार थप चलायमान हुन सक्ने बताए ।
धुर्व सापकोटाले उक्त कार्यक्र सञ्चालन गरेका थिए ।
जानकारी
रोयल इन्फिल्ड हिमालयन स्क्राम ४११ सीसी
रोयल इन्फिल्ड स्क्राइन ४११ रोयल इन्फिल्ड हिमालयनमा आधारित छ । तर हिमालयको तुलनामा यसमा निकै नै परिवर्तन गरिएको छ । सो बाइकमा स्लिक हेडल्याम्प कभर, सानो ट्याङकी एक्स्टेन्सन, ब्यास प्लेट, सिंगल पसि सिट र सिंगल पिस पिलियन ग्याब हान्डल छन् । स्कमको फ्रन्टमा ११ इन्च टायर र रियरमा १७ इन्च टायर छन् ।
यसको सिटको उचाइ पनि हिमालयन भन्दा ५ एमएम कम छ । रोयल इन्फिल्डको नयां स्कायाम्बलरको ग्राउण्ड क्लियरेन्स २ सय एमएम छ । रोयल इन्फिल्डको स्क्राम ४११७ रङमा उपलब्ध छ । जसमा गे्रफाइड थिम ३ रङमा उपलब्ध छ ।
स्क्राम ४११ मा रोयल इन्फिल्ड मेटियर ३५० मा जस्तै इन्स्ट्रयुमेण्ट कन्सोल एक सेमी– डिजिटल युनिट जस्तै छ । मुख्य इन्स्ट्रयुमेण्ट पोडमा फ्युल गेज, टाइम, ट्रिपमिटर, ओडोमिटर इत्यादिका लागि डिजिटल रिड आउटको साथ एनालग स्पिडोमिटर छ ।
बे्रकिङ सिस्टमको लागि फ्रण्टमा ट्विन पिस्टन क्यालिपसहित ३ सय एमएम डिस्क र रियर सिंगल पिस्टन क्यालिरसहित २४० एमएम डिस्क छ ।
सो बाइक मानकको रुपमा ड्युअल च्यानल एबीएसको साथ आउंछ । हाफ डुप्लेक्स स्प्लिट क्याडल फे्रममा आधारित, यो ४१ एमएम टेलिस्कोपिक फ्रण्ट फोर्क १९० एमएम ह्विल ट्राभल र रियरको लिंकेज भएको मोनोसक १८० एमएम ह्विल ट्राभल मा सस्पेण्ड गरिएको छ ।
रोयल एनफिल्ड स्क्राम ४११ मा पावरको लागि हिमालयन जस्तै ४११ सीसी सिंगल सिलिण्डर इन्जिन दिएको छ । जसले २४।३ बीएचपी पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ ।
कम्पनीले आफ्नो थ्रोटललाई पेपरियर परफर्मेन्सको लागि अलिकती ट्विक गरिएको तर ५ स्पिड गियरबक्स भने कायम राखिएको छ ।
रोयल इन्फिल्ड क्लासिक ३५० सिसीका निम्न विशेषताहरु छन् ।
रोयल इन्फिल्ड क्लासिक ३५० सिसीको मुल्य रु ४ लाख ९९ हजार रहेको छ । यो बाइक वीएस ६ रहेको र यसको क्षमता ३४९ सिसी साथै एफआई इन्जिन रहेको छ । जसले वीएचपी पावर तथा २७ एनएम टर्क जेनेरेट गर्दछ ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










