सनराइज बैंकको आयोजनामा निःशुल्क आंखाशिविर

बुटवल, जेठ ३० गते । सनराइज बैंकले रुपन्देहीमा रहेको तिलोत्तमा आई केयरको प्राविधिक सहयोगमा रुपन्देही शुद्धोधनको मानमटेरियास्थित जनता माध्यामिक विद्यालयमा निःशुल्क आंखाशिविर सञ्चालन गरेको छ ।


बैंकको योगीकुटी शाखाले जनता माध्यामिक विद्यालयमा आयोजना गरेको शिविरमा विद्यार्थी, शिक्षक र अभिभावक गरी २ सय ४१ जनाले आंखाको परीक्षण गराएका छन् ।
शिविरमा आंखा परीक्षण गराएका विद्यार्थी, शिक्षक र अभिभावकलाई आंखाको चेकजांचका साथै चश्मा र औषधी वितरण गरिएको थियो ।
शल्यक्रियाका लागि आवश्यक परामर्शदिने काम भएको बैंकले जनाएको छ ।

बैंकको लुम्बिनी प्रदेश ५ प्रमुख सुनिल मण्डल र विद्यालयका प्रधानाध्यापक सरस्वती साहनीले उक्त निःशुल्क आंखा शिविरको उद्घाटन गरेका थिए ।
कार्यक्रमका विशिष्ठ अतिथि योगीकुटी शाखाका शाखा प्रबन्धक नविन थापाले संचालन गर्दै अगामी दिनमा पनि बैंकले थप अरु श्रेत्रमा पनि सहयोग गरिने प्रतिवद्दता जनाएका छन् ।
हाल बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना १० लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।