पाल्पाको सिद्धबाबा मन्दिरको आर्थिक कारोवार डिजिटल प्रणालीबाट

बुटवल, साउन १ गते । पाल्पाको सिद्धबाबा मन्दिर विकास समितिले आर्थिक कारोबार डिजिटल प्रणालीबाट सुरु गरेको छ । नयां आर्थिक बर्ष सुरु भएसंगै मन्दिरले सोमबारदेखि आर्थिक कारोवार डिजिटल प्रणालीबाट सुरु गरेको हो । केही दिन अघि बुटवल–३ मा रहेको सिद्धबाबा धाममा आर्थिक हिनामिना भएको घटनाबाट पाठ सिक्दै पाल्पाको सिद्धबाबा मन्दिरले आर्थिक कारोबार डिजिटल माध्यमबाट सुरु गरेको हो ।

सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले मन्दिरमा हुने १५ वटा विभिन्न शिर्षकको कारोबार अव डिजिटल माध्यमबाट हुने बताए ।
अध्यक्ष शेरचनका अनुुसार सोमवारदेखि एउटा कम्प्युटरबाट आर्थिक कारारोवार डिजिटल माध्यामबाट शुरु गरिएको छ ।

अध्यक्ष शेरचनका अनुसार परेवा, सवारी, विवाह, बर्तबन्ध, ग्रहशान्ती, सहयोग, सटरभाडा, विजुली, रुद्री, लघुरुद्री लगायतका विभिन्न शिर्षकमा लाग्ने रकमको विल डिजिटल भुक्तानी मार्फत गरिने छ ।