हार्दिक श्रद्धाञ्जली प्रिय कमरेड

भिष्म जोशी
बबिता जी तपाई संगको मेरो पहिलो घेट २०६६– २०६७ सालतिर विश्वबिद्यालय क्याम्पस त्रिबि, कीर्तिपुरमा भएको थियो । यो चौध वर्षको लामो सहकार्यलाई बिट मारेर गइसक्नु भयो ।
पार्टी र संगठन प्रतिको तपाईंको लगाव देखेर म तीन छक पर्थे । तपाईं हाम्रो विद्यार्थी संगठन अखिल छैठौंका साथीहरुसंग घरका सदस्य भन्दा पनि नजिकको व्यवहार गर्नुहुन्थ्यो । तपाईं “म समाजसेवा गर्छु, म यस्तो सुन्दर जीवन आप्नो नीन स्वार्थपूर्ति गर्न पट्टी कहिल्यै लाग्दिन, भन्नुहुन्थ्यो । तपाईंमा भएको त्यो संगठन प्रतिको गहिरो मायां, लगनशीलता, सक्रियता, वैचारिक दृढता, निडरता, साँच्चिकै हामी सबैका लागि अनुकरणीय र अविष्मरणीय छ …

तपाईं बिरामी पर्नु भो, तपाईंको बाबाले मृगौला दान दिनुभयो । प्रत्यारोपण भएको अहिले ८ वर्ष जति भयो । तपाईंसंग बिरामी शरीर थियो तैपनि आप्नो ज्यान भन्दा बढी ख्याल र मायां संगठनको गर्नुहुन्थ्यो । तपाईं आफैले मृगौला बिरामी हरुको सहयोगका लागि सामाजिक संस्था स्थापना गर्नुभयो र मानिसहरू मृगौलाको बिरामी नहुन भनेर प्रशिक्षण र सचेतना फैलाउँदै जानु भो । तर त्यत्रो बिरामी भएर पनि तपाईंलाई हामीले निरास र भावुक भएको कहिल्यै पाएनौं, तपाईंको त्यो अदम्य साहस अव कहिल्यै भेटिन्न हो ।

अस्ति भर्खर मात्र फोनमा कुरा गर्नुभयो काम र संगठन कै चिन्ता थियो ,तर पछि तपाईंको स्वास्थ्य अवस्था कस्तो छ नी भनेर सोध्दा बल्ल म बुटवल अस्पतालमा भर्ना भाछु भन्नु भाथ्यो । हुन्छ म परीक्षा दिन र उपचार गर्न काठमाडौँ आउँदैछु भेटौला भन्नु भाथ्यो । तर न भेटीकनै जानु भो …। प्रकृतिको लीला न हो कमरेड यी हातहरू काप्दैछन् ……३४ वर्षकै कलिलो उमेरमा हामी सबैलाई छोडेर जानुभो( मृत्यु २०८०÷०४÷१५)।

तपाईंको अकल्पनीय मृत्युको खबरले हामी सबै स्तब्ध र मर्माहत भएका छौं ।
तपाईंको आत्माको चीर शान्तिको कामना,
अलविदा बबिता जी
शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस, परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।