बुटवल उधोग वाणिज्य संघको अधिवेशन असोजमा
![](https://nayadishaonline.com/wp-content/uploads/2023/08/20230814_085847-scaled.jpg)
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/357622966_794524715535073_6037331566326578600_n.jpg)
बुटवल, साउन २९ गते । बुटवल उधोग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशन असोजमा हुने भएको छ । संघको सोमबार बसेको बैठकले संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन आगामी असोजको १५, १६ र १७ गते गर्ने निर्णय संघका महासचिव विमलराज भट्टराईले जानकारी गराएका छन् ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशनका लागि कार्यसमिति सदस्य संयोजक रहेको विभिन्न तयारी समिति गठन गरेको छ ।
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/308463823_1115005542726158_1075373799681304027_n.jpg)
अधिवेशन सम्पन्न गर्नको लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ ।
साधारण सभामा पेस गर्ने प्रस्ताव लेखनका लागि प्रतिक पोखरेल संयोजक रहेको प्रस्ताव समिति, किटव्याग तथा रेजिष्ट्रसनमा प्रकाशकुमार श्रेष्ठ, सदस्यता मत सर्वेक्षणको लागि संजय कलवार जयसवाल, खाना तथा जलपान समितिमा निर्मित कसजू, स्वागत तथा व्याच व्यवस्थापनमा जमुना पौडेल, निमन्त्रणा कार्ड व्यवस्थापनका लागि सुमोदमान सैंजू, हल तथा मञ्च व्यवस्थापनका लागि नरेशकुमार श्रेष्ठ संयोजक रहेको उप समितिहरु गठन गरिएको छ ।
त्यस्तैगरी संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मुल्यांकनको लागि संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल र उत्कृष्ट उद्योगी व्यवसायी सम्मानको लागि सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको पे्रस सल्लाहाकार कविन्द्र नेपालले जानकारी गराएका छन् ।
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/357989126_242148201936365_5896978333846174401_n.jpg)
ट्राफिक आईल्याण्ड पुनःनिर्माण
बैठकले बुटवल उद्योग वाणिज्य संघले स्वर्ण जयन्तीमा बुटवल बसपार्क अगाडि निर्माण गरिएको ट्राफिक आईल्याण्डलाई पुननिर्माण गर्ने निर्णय गरेको छ । संघले २०६० सालमा स्वर्णजयन्ति मनाएको थियो । त्यस अवसरमा बुटवल बसपार्कबाट निस्किने र छेवैको बाटोको विचमा ट्राफिक आईल्याण्ड बनाएको थियो । अहिले यो ट्राफिक आईल्याण्ड जिर्ण भएको छ ।