कार्यक्रममा अराजकताका मच्चाउनेहरुलाई कारवाहीको माग

बुटवल, साउन ३२ गते।
नेपाली काँग्रेसका पुराना नेताहरुले काँग्रेस भित्र देखापरेको अनुसाशान हिंनता र अराजकताका मच्चाउनेहरुलाई कारवाही गर्न माग गरेका छन ।

उनिहरुले हालै रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ को ख मा भएको कार्यक्रममा देखिएको अराजक प्रर्दशनीले सिगों पार्टीलाई दुसित बनाएको बताएका छन ।

नेपाली काँग्रेसको केन्द्रिय कार्यक्रम अनुसार आन्तरिक विशेष अभियान अन्र्तगत आयोजित समारोहमा पूर्वमन्त्री तथा काँग्रेका नेता भरत कुमार शाहले वोल्दै गर्दा पार्टीका लुम्बिनी प्रदेश कमीटी सदस्य फखरुद्दिन खांनले गरेको व्यवहार पार्टीको अनुसाशनको उल्लघन अराजक शैली प्रर्दशनी भएको ठहर हामीलाई लागेकोले उक्त अराजक शैली प्रर्दशन गर्नेलाई कारवाहीको दायरामा ल्याउ माग गरेका छन । पार्टीका पुराना नेताहरु शैलेन्द्र त्रिपाठी, सलिमियां श्याम दयाल पाठक, अब्दुल खाँन, सुन्दरी केसी लगायतले यस्तो माग गरेका हुन ।

नेता शाहले सम्वोधन गरिरहेको कार्यक्रममा अराजक शैलीमा प्रतिवाद गर्न खोज्ने खाँन र उनि निकटका कार्यकर्ताले नेताको अपमान गर्ने अराजकता मच्चाउने कार्यक्रम विथोल्ने जस्ता घृणित कार्य गरेको महशुष गर्द यस्ता गलत क्रियाकलाप गर्नेहरुलाई पार्टीले अनुसाशनको कारवाही गर्न जोड दार माग गररेका छन ।

पार्टीको अनुसाशन विधी विधान विपरित नभई शान्तिपूर्ण रुपमा विचारको प्रतिवाट गर्न पाउने अधिकार नेपाली काँग्रेसमा रहेता पनि कार्यक्रममा उत्तेजना फैलाउने, कार्यकर्ता भडकाउने जस्ता अनैतिक क्रियाकलाप गरेको भन्दै खांन लगायत कार्यक्रममा अवरोध श्रृजना गर्नेहरुलाई कारवाही गर्न माग गरेका छन । लोकतान्त्रीक विचार वोकेको पार्टीमा मुक्कावाजको पार्टीको रुपमा परिणत हुनवाट जोगाउनका लागि पनि गलत गर्नेहरुलाई छुट दिन नहुने उनिहरुको तर्क छ ।