एजी कृष्ण फुड प्रोडक्टस प्रालीले भैरहवामा मिठाइ पसल सञ्चालन

भैरहवा, भदौ २१ गते । रुपन्देहीको भैरहवास्थित आवारोडमा एजी कृष्ण फुड प्रोक्टस प्रालिले मिठाइ पसल सञ्चालन गरेको छ ।
५ करोडको लगानीमा सांवरिया मिठाइ पसल आइतबारदेखि सञ्चालन हुंदै छ । मिठाईका पारखीका लागि नौलो एवं विविध स्वादका मिठाईहरु तथा शाकाहारी एवम जैन परिकार उपलब्ध गराउने उद्देश्यसहित सांवरिया सञ्चालन गरिएको हो ।

एजी कृष्ण फुड प्रोडक्टस प्राली अन्तर्गतको सांवरियामा स्थानीय ब्यवसायीहरु अरुण अग्रवाल, कृष्णप्रसाद शर्मा (सानु), आदर्श अग्रवाल र बुटवलका ब्यवसायी ज्ञानेन्द्र कार्की तथा काठमाण्डौंका गौरव दारुको लगानी रहेको छ ।

मिठाइ पसल मात्रै नभइ मिठाइ उद्योगका रुपमा विकास गरिने उद्योगी व्यवसायी तथा तिलोत्तमा उद्योग वाणिज्य संघका वरिक्ष् उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए ।

आर्कषक सजावट र ग्राहकको सुविधालाई मध्यनजर गरी सञ्चालनमा ल्याईएको सांवरियामा बिभिन्न प्रकारका उच्च गुणस्तर युक्त मिठाई, प्रभातकालिन नास्ता, दिउंसोको खाजाको सेवा दिने सञ्चालक अरुण अग्रवालले जानकारी गराए ।

सांवरियामा दक्षिण भारती खाजासंगै चिनिया परिकार उपलब्ध रहने अग्रवालले बताए । एकैपटक १ सय ३० जना सम्मलाई सेवा दिन मिल्ने सांवरियामा कार्यक्रमको लागि हलको पनि व्यवस्था छ ।

सांवरियामा रहेका सम्पूर्ण मिठाईका परिकारको शुद्धता एवम गुणस्तर तथा सरसफाईमा कुनै कमी नहुने सञ्चालकहरुले प्रतिवद्दता जनाएका छन् ।
सञ्चालनको सम्पूर्ण तयारी पुरा भैसकेकाले यही आइतबार, समोमबार र मंगलबार गरी ३ दिन उद्घाटन ्को अफर रहेको छ ।
३० प्रकारका मिठाइ उत्पादन गरिने र तत्कालका लागि ५२ जनाललाइ रोजगार दिएको सञ्चालकहरुले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।