तिलोत्तममा उपभोक्ता हित संरक्षण मञ्च गठन, अध्यक्षमा तुल्सीराम भण्डारी

बुटवल, भदौ २३ गते । आमउपभोक्ताको हितका लागि उपभोक्ता हित संरक्षण मञ्चलाई सक्रिय बनाउनु पर्ने सरोकारवालाले बताएका छन् ।
उपभोक्ताको स्वास्थ्यलाइ ख्याल गरेर दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्न उद्योगी व्यवसायी र व्यापारीहरुलाई सरोकारवाला संस्थाका अगुवाहरुको आग्रह छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा उपभोक्ता हित संरक्षण मञ्च गठनका लागि शनिबार आयोजित भेलाका सहभागीहरुले बजारमा स्वास्थ्यलाइ हानी पुराउने खालका दैनिक उपभोग्य वस्तुहरु विक्री वितरण भैरहेको बताए ।
उक्त कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण पौडेलले कानुन कार्यान्वयन नहुंदा उपभोक्ता मारमा परेको बताए । उनले मानव जीवनसंग जोडिएका विषयमा कमजोरी गर्नेलाई कारवाही गर्नुपर्ने बताउंदै बजारबाट दैनिक उपभोग्य वस्तु किन्दा चिनेर मात्र किन्न आग्रह गरे ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकले मानिसको स्वास्थ्यलाई हानी गर्ने खालका समान विक्री वितरण गर्ने छुट कसैलाई नभएको बताए । केही व्यवसायीले गलत गरेकाले आमउपभोक्ताले मिसावट खाद्ययवस्तु खानु परेको बताउंदै उनले भने सचेत हुनुहोला ।

पशु चिकित्सक लोकराज भुसालले शुद्व र स्वच्छ बजार नहुंदा आमउपभोक्ता ठगिनु परेको बताए ।े आमउपभोक्ताई न्याय दिनका लागि उपभोक्ता हित संरक्षण मञ्चले निष्ठावान भएर काम गर्नुपर्ने बताउंदै उनले भने – कानुनले पनि उपभोक्तको हितका लागि काम गर्न छुट दिएको छ ।
सह–प्रध्यापक लिलाबहादुर केसीले समान किन्दा उपभोक्ता ठगिएकाले उपभोक्तामा जागरण ल्याउनुपर्नेमा जोड दिए ।

भेलाले तुल्सीराम भण्डारी अध्यक्ष रहेको उपभोक्ता हित संरक्षण मञ्च तिलोत्तमा गठन गरेको छ । जसको सदस्यहरुमा मिना चिदी, गिरीप्रसाद गैरे, लेखनाथ घिमिरे, जेतनारायण गैरे, मञ्जु पन्थी, सुकबहादुर नेपाली, शोभाखर भण्डारी र विष्णु गौतम रहनुभएको छ ।

त्यस्तै सल्लाहाकारमा लिलाबहादुर केसी, डिलाराम भण्डारी, कृष्ण भण्डारी, डा. लक्ष्मण घिमिरे, नुतक गौतम, डा. गोकर्ण पन्थी र मायां घिमिरे रहनुभएको छ । डिलाराम भण्डारीको अध्यक्षता र तुल्सीराम भण्डारकिो सञ्चालनमा कार्यक्रम भएको हो ।