ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

बुटवल, भदौ २५ गते । बुटवलमा सञ्चालित ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारीले आफ्नो १७ औं वार्षिक साधारणसभा गरेको छ । शनिबार सम्पन्न साधारणसभामा बोल्ने सहकारी अभियान्ताहरुले सहकारीलाई नियमसंगत ढंगले चलाउनु पर्नेमा जोड दिएका छन् । बाहिरबाट बुटवलमा आएका केही सहकारीले गलत कामले गर्दा राम्रा काम गर्दै आएका सहकारीहरुलाई समाजले हेर्ने दृष्टिकोण नकरात्मक भएकाले कुन सहकारीले कसरी काम गरेको छ, भने बुझ्न सबै पक्षलाई आग्रह गरेका छन् ।

सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्यालले सहकारीको लगानीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरेर गरिबी निवारणमा सहयोग पुराउन आग्रह गरिन ।

कार्यक्रममा नेपाल लघुबित्त महासंघका अध्यक्ष जगतबहादुर पोखरेल, नेपाल सिए संघ रुपन्देही अध्यक्ष प्रदिप भट्टराई, राष्ट्रीयपार्क महासंघका अध्यक्ष खेमप्रसाद लुईटेल, संस्थाका जेस्ठ सदस्य रामसिंह श्रीष लगायतले आआफ्ना भनाइ राखेका थिए ।

संस्थाका कानुनि सल्लाहकार अधिबक्ता माधब घिमिरे, सल्लाहकार एवं पूर्व अध्यक्षहरु चुडामणी भुसाल, तुलसीराम शर्मा, तुल्सी गुरुङ्ग, सम्पूर्ण सेयर सदस्य महानुभावहरु, संचालक समिति पदाधिकारी एवं सदस्यहरु, लेखा सुपरिवेक्षण समिती एवं सदस्य, विभिन्न उपामितिका संयोजक एवं सदस्य कर्मचारी र शेयर सदस्यहरुको सहभागितामा सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको हो ।


साघारण सभाले अध्यक्ष मानबहादुर कुँवरको प्रस्तुत बार्षिक प्रतिबेदन, लेखा सुपरिबेक्षण समितिका संयोजक पसुपति पौडेलको प्रस्तुत लेखा प्रतिबेदन, संस्थाका उपाध्यक्ष एवं धितो मुल्यांकन तथा ऋण उपामितिका संयोजक ई। छबिन्द्र भट्टराईको प्रतिवेदन हलबाट पास गरिएको थियो ।

त्यस्तै सहकारीका कोषाध्यक्ष विनोद खनालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित गर्नुका साथै विभिन्न कार्यबिधिहरु समेत पारित गरिएको छ ।
सहकारीले जेष्ठ सदस्य रामसिंह श्रीष, असल ऋणीहरु पंकज रिमाल र तुल्सीदेवी पोखरेललाई सम्मान गरेको छ।

सहकारीका अध्यक्ष मानबहादुर कुँवरको अध्यक्षता, सचिव ई। गोबिन्द लामिछानेको संचालन र उपाध्यक्ष ई। छबिन्द्र भट्टराईले स्वागत गरेका थिए ।

१४ सय ४४ शेयर सदस्य रहेको ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाको २० करोड कूल पंजी रहेको कोषाध्यक्ष विनोद खनालले जानकारी गराए ।
२ सय १० वाल बचत कर्ता रहेको सहकारीले १८ करोड लगानी गरेको छ ।