नेपाल इन्भेस्टमेण्ट मेगा बैंकद्दारा बीमा रकम हस्तान्तरण

बुटवल, भदौ २७ गते । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भैरहवा शाखाले आफ्ना ग्राहकलाई दुर्घटना बापतको बीमा रकम हस्तान्त्रण गरेको छ । बुधबार एक कार्यक्रमवीच बैंकले बीमा रकम हस्तान्तरण गरेको हो ।

जिल्ला अदालत रुपन्देही भैरहवामा कार्यरत दुुर्घटनामा परी ज्यान गुमाएका बिरुवा गाउपालिका ३ चिन्नेबास स्याङ्जाका दामोदर कोइरालाकी आमा लक्ष्मी कोइरालालाइ जिल्ला अदालत रुपन्देहीका प्रमुख जिल्ला न्यायाधीश कृष्णराम कोइराला, न्यायाधीश डा. श्रीप्रकाश उप्रेती, प्रशासकीय अधिकृत अनन्तराज मरासिनी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्का, भैरहवा शाखा प्रबन्धक मिलनकुमार पुनले बिमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएको चेक रकम ७ लाख रुपैयाको हो । बैंकले ग्राहकको सुरक्षा तथा सुविधालाई मध्येनजर गर्दै कर्मचारी तलबी खाता खोल्ने ग्राहकलाई दुर्घटना बीमा, औषधी उपचार बिमा साथै बिभिन्न सुविधा दिदै आएको बैंकका प्रदेश मार्केटिङ अफिसर आविष्कार खनालले जानकारी गराएका छन् ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको देशभर २६० शाखा कार्यलय, ६२ एक्स्टेन्सन काउन्टर, २०३ एटिएम मेसिन र १०७ शाखारहित आउटलेट रहेका छ्न ।

लुम्बिनी प्रदेशमा ३९ शाखा कार्यलय ०४ एक्स्टेन्सन काउन्टर, ३१ एटिएम मेसिन र १७ शाखारहित बैंकिङ आउटलेटबाट ग्राहकलाइ सरल, सहज, सुरक्षित र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्काले जानकारी गराएका छन् ।