आस्था बहुउदेश्य सहकारीको २३ औं वार्षिक साधारण सभा

बुटवल, असोज ६ गते । आस्था बहुउदेश्य सहकारीले आफ्नो २३ औं वार्षिक साधण सभा गरेको छ ।
सहकारीले एक बर्ष भित्र गरेका आर्थिक गतिबिधिसंगै सहकारिको माध्यमबाट सामजिक क्षेत्रमा गरिएका रचनात्म कामहरुहरुको समिक्षा गर्दै वार्षिक साधरण सम्पन्न भएको छ ।

साधरण सभामा बोल्दै सस्थाका अध्यक्ष सोभाखर पोखरेलले सहकारीले स्थापना कालदेखि सामाजिक क्षेत्रामा बिभिन्न खालका रचनात्मक काम गदै आएको बताए । सहकारीले सदस्यहरुलाई बिभिन्न खालका क्षमता बिकासका तालिमहरु सन्चालन गदै सामाजिक क्षेत्रमा गरिब दुखी, अनाथ असायहरुलाई सहयोग गदै आएको बताए । उनले सहकारीका सदस्यहरुलाई व्यापार व्यावसाय सन्चालनका लागि लागि बिभिन्न खालका क्रणहरु प्रदान गदै आएको बताए पछिल्लो दुई बर्षमा सहकारिमा सेयर सदस्यहरुको सख्या पचास प्रतिशत बृद्धि भई ८५२ सदस्य पुगेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक बुटबलका शाखाका प्रमुख नारायण बेलवासेले अस्था बहुउदेश्य सहकारिले पछिल्लो दुई बर्षमा पचास प्रतिशतले सदस्यहरुको बृद्धि गरि सहकारीमा जोडन् सफल भएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
सहकारीलाई अगाडी बढाउन आवश्यक पर्ने सहयोग गर्ने प्रतिवद्दा जनाउंदै हचुवाको भरमा खुलेका सहकारीहरु डुव्दै गएकाले हुंदा वास्तबिक सहकारीको पहचिान गरी गरि सहकारिको सदस्यता बन्न आग्रह गरे ।

कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष सुकदेब खनाल सामुदायिक बहुउदेश्य सहकारि सस्था सचिब समाजसेबि क्रषि पाण्डे ,सल्लाहाकर लक्ष्मण मरासिनि राम प्रसाद पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा लेखा आयोगको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष अध्यक्ष सोभाखर पोखरेलको अध्यक्षयता, सचिब वेदप्रसाद गैरेको सन्चालन र उपाध्यक्ष सागरमणि पोखरेलको स्वागतमा सम्पन्न भएको हो ।