बुटवलमा मोनिका स्किन एण्ड हेयर लेजर क्लनिक

बुटवल, असोज ७ गते । रुपन्देहीको बुटवलमा आधुनिक खालको स्किन एण्ड हेयर लेजर क्लनिक सञ्चालनमा आएको छ ।
शैलुन व्यवसाय गरिरहेकी बुटवलकी मोनिका क्षेत्रीले स्किन एण्ड हेयर लेजर क्लनिक पनि संचालन गरिकी हुन् । विधिवत रुपमा यही असोज ८ गतेदेखि सञ्चालन हुने आइतबार पकार सम्मेलन गरी प्रबन्धक निर्देशक मोनिका क्षेत्रीले जानकारी गराइन् ।

व्युटिशियनले डाक्टरसहित बुटवलमा सञ्चालन गरेको स्किन एण्ड हेयर लेजर पहिलो हो । किल्निकमा केन्द्रिय कारागार अस्पताल, पिपुल हस्पिटल लगायतका अस्पतालमा लामो समयदेखि काम गर्दैै आउनुभएका वरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.विक्रान्त ढकाल र काठमाडौं किल्निक अफ कस्मेटिक सर्जरीमा कार्यरत डा.ज्योति शाहले सेवा प्रदान गर्ने प्रबन्धक निर्देशक क्षेत्रीले जानकारी गराइन ।
सौन्दर्यकर्र्मी तथा प्रशिक्षक मोना पाठकले एकै जनाले शैलुन र स्किनको काम गर्दा समास्या आउने र व्यवहारि नहुने भएकाले विशेषज्ञ डाक्टरसहित शैलुन र स्किन केयर संचालन गर्नुले समाजमा पेशाप्रति राम्रो सन्देश जाने बताइन ।

क्लिनिक संचालनमा आएपछि कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, ट्याटु रिमुभ ,पिको लेजर ,कपाल सम्बन्धी सम्पूर्ण रोग, लेजर सेवा तथा हाइड्रा फेसीयल, सम्पूर्ण छाला सम्बन्धी रोगहरूको उपचार हुने र यसका लागि काठमाडौं जाने अवस्थाको अन्त्य हुने प्रबन्धक निर्देशक क्षेत्रीको दावी छ ।

१ करोड ५० लाखमा शैलुन र स्किन एण्ड हेयरमा लगानी गरिएको छ । शैलुनमा अहिले १२ जनाले रोजगारी पाएका छन । स्किन एण्ड हेयरमा थप ५ जनाले रोजगारी पाउने छन् ।
क्लिनिक शुभारम्भको अवसरमा केही दिनका लागि सबै प्रकारका उपचारमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रबन्धक निर्देशक मोनिमा क्षेत्रीले जानकारी गराइन ।