बुटवल उधोग वाणिज्य संघमा जिताउन युवा उधोगी पाण्डेयको आग्रह

बुटवल, असोज १७ गते । बुटवल उधोग वाणिज्य संघको यही असोज १९ गते अधिवेशन हुंदै छ । अधिवेशनबाट नयां नेतृत्व चयनका लागि सहमति नभएपछि अहिले निर्वाचन हुने निश्चित भैसकेको छ । मतदान २२ गते हुने पनि निश्चित भएको छ ।

उक्त अधिवेशनबाट निर्वाचित हुनका लागि थुप्रै उधोगी व्यवसायी चुनावी मैदानमा उत्रेका छन् । उक्त निर्वाचनबाट कार्यसमितिको सदस्यका लागि युवा उधोगी कृष्णप्रसाद पाण्डेले पनि उम्मेदवारी दिएका छन् । बुटवलका युवा उधोगी कृष्णप्रसाद पाण्डेले बुटवल उद्योग वाणिज्य संघमा आफुलाई जिताउन सबैसंग अपिल गरेका छन् ।

महालक्ष्मी मसाल उधोगका प्रोप्राइटर कृष्णप्रसाद पाण्डेले दिनेश श्रेष्ठको प्यानलबाट मैदानमा उत्रएिका छन् । सीमाबाट हुने तस्करी र ओसार– परासर रोक्नु पर्ने आवाज उठाउंदै आएका युवा उधोगी पाण्डेले उधोगी व्यवसायीका दिर्घकालिन समस्या समाधानका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।

खुद्रा किराना व्यवसायी संघको नेतृत्वदेखि थुप्रै संघसस्थामा लागेर व्यवसायसंगै सामाजिक क्षेत्रमा क्रियाशील पाण्डेले उधोगी व्यवसायीका समस्याहरु नीतिगत रुपमा समाधान गर्नुपर्ने र त्यसका लागि आफ्नो उम्मेदवारीसंगै जीत आवश्यक रहेको बताएका छन् । बुटवल उधोग वाणिज्य संघको बस्तुगत उपसमिति सभापति रहेका पाण्डेय मानव अधिकारी तथा शान्ति समाज रुपन्देही सचिव हुन् ।

बुटवलको मिलन चोकमा किराना पसलबाट व्यवसायीक यात्रामा लागेका कृष्णप्रसाद पाण्डेय अहिले सफल युवा उद्योगी हुन् । बुटवल उधोगी वाणिज्य संघमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् ।

दिनेश श्रेष्ठ र हरिप्रसाद अर्यालले छुट्टाछुट्टै प्यानल बनाए मैदानमा उत्रिएका छन् । युवा उधोगी दिनेश श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएपनि उनी सबै उधोगी र दुवै प्यानलका साझा उम्मेदवारीको रुपमा परिचत छन् ।