लालटिन सहकारीको आठौं साधारण सभा, ३० प्रतिशतवृद्दि

सहकारी पसल नमुना बन्दै

बुटवल, असोज २० गते । बुटवलमा सञ्चालित लालटिन बहुउद्देश्यीय सहकारीको आठौं बार्षिक साधारणसभा भएको छ । शनिबार विशेष कार्यक्रमको आयोजना गरी सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभा सभामा बोल्दै सहकारीका अध्यक्ष गंगालाल सापकोटाले केही सहकारीले गलत गरेकै कारण अन्य सहकारीलाई गलत आंखाले हेर्न र बुझ्न नहुने बताउनुभयो ।

केही सहकारीको नीति, निर्देशन पालना नगरेका सहकारीका कारण हाम्रो जस्तो लालटिक बहुउद्देश्य सहकारीलाई गलत अर्थमा नबुझ्न आग्रह गरे ।
सहकारी पसल सञ्चालन गरेको सहकारीले अन्य स्थानमा बारबार फेल भएको पसललाई नमुनाको रुपमा सञ्चालन गरिएको बताए ।
सहकारीप्रति कुनै पनि बितृष्णा नभएको भन्दै अध्यक्ष सापकोटाले सहकारीले छाटो समयमा ब्याज आम्दानीमा ३० प्रतिशतवृद्दि भएको जानकारी गराए ।

उनले पसलको बिक्री मा २३ प्रतिशतबृद्धि गर्न सहकारी सफल भएको बताउंदै सहकारीप्रति ढुक्क हुन आग्रह गर्दै सहकारीलाई अझै व्यवस्थित गर्नेगरी सदस्य बढाउनु पर्नेमा जोड दिए ।
सहकारीले पसल तथा बित्तिय कारोबारमा ठुला सफलता आर्जन गर्न सफल भएको बताउंदै सहकारी अभियानले गरिबी निवारण गर्न सक्ने भएकाले सहकारी अभियानलाई थप मजबुत बनाउनु पर्ने बताए ।
कार्यक्रममा सहकारीका जेष्ठ सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि गोबिन्दबहादुर कार्कीले सहकारीको लगानी सही ठाउं अर्थात उत्पादनमूलक ठाउंमा लगानी गर्नुपर्ने बताए । उनले सहकारीका सिद्दान्त पालना गरी सहकारी चलाउनु पर्ने र सहकारीका सबै सदस्यहरुलाइ सक्रिय हुन आग्रह गरे ।

साधारणसभामा सहकारी बैंक बुटवलका व्यवस्थापक नारायण बेल्बासे, सल्लाहकार लोकराज भुसाल, सुमन अधिकारी, लेखा संयोजक उमलाल बञ्जाडे, कोषाध्यक्ष शिवराम घिमिरेलगायतले बोल्दै सहकारीलाई अझै व्यवस्थित गर्न सुझाव दिए ।
सहकारीमा २ हजार ५ सय ७७ जना सदस्य रहेका छन् । सहकारीले ब्याजबाट कुल ३ करोड १० लाख २८ हजार २०२ आम्दानी गरेको छ । कुल बचत १५ करोड ६ लाख ५४ हजा, ८४० गरेको छ ।
यस्तै पसलको कुल बिक्रि ५ करोड ६२ लाख ५१ हजार ५५ रहेको छ ।
सहकारीको खुद नाफा ८३ लाख ५७ हजार १ सय १३ हासिल गर्न सफल भएको छ ।
सहकारीका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता, उपाध्यक्ष गोपाल गैरेको स्वागत र सचिव दिनेश पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।
सहकारीले असल ऋणी, सबै भन्दा धेरै समान खरिद कर्ता, जेष्ठ नागरिक र रक्तदातालाई सम्मान गरेको छ ।