सजिलो सहकारीको साधारणसभा, जेष्ट नागरिक सम्मान

बुटवल, असोज २० गते । बुटवल वडा नम्बर ९ कालिकानगरमा सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्था को १५ औ बार्षिक साधारण सम्पन्न भएको छ ।
बुटवलको फुलबारीमा आयोजना गरिएको साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सहकारीले उद्यमशीलामा जोड दिनुपर्ने बताए । उनले सहकारीले अब आर्थिक क्षेत्रमाा विशेष जोड दिनुपर्ने बताउंदै नियमसंग रुपमा दर्ता गरेर मात्र सहकारी सञ्चालन गर्न आग्रह गरे । सहकारीहरु राम्रोसंग सञ्चालन भए देशको आर्थिक अवस्था सुधारन सहयोग पुग्ने बताउंदै कानुन सम्बत रुपमा सहकारी चलाउनुपर्नेमा जोड दिए ।

सहकारीका अध्यक्ष रामराज पोखरेलले केही सहकारीले बदनाम गरेकाले हाम्रो जस्तो सजिलो सहकारीलाई हेर्ने दृष्टिकोण गलत नबनाउन आग्रह गरेका छन् । बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले सहकारीले शेयर सदस्यको हितमा लामो समयसम्म काम गरेर सबै सदस्यहरुको मन जित्न सफल भएको बताए ।
उनले सहकारीले लांभास तथा बोनेससमेत बितरण गर्ने निर्णय गरेको जानकारी गराउंदै उनले भने सजिलो सहकारी सही ढंगले चलेकाले कुनै शंका उपशंका नर्गन शेयर सदस्यहरुलाई आग्रह गरे ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख गुणाखर खनाल, बुटवल जेसीजका पुर्व अध्यक्ष गणेशचन्द्र पोेखरेल, कानुन व्यवसायी तथा सहकारीका सल्लाहाकार गोविन्द मरासेनी, रोडाढुंगा व्यवसायी लुम्बिनी प्रदेशका अध्यक्ष गोपाल ज्ञवाली लगायतले बोल्दै सहकारीहरुका सात सिद्दान्त पालना गरेर सहकारी सञ्चालन गर्न आग्रह गरे ।

सहकारीले बाल बचत र दैनिक बचत गर्दै आएको छ । बुटवलमा मात्रै कार्यक्षेत्र रहेकोमा अगामी दिनमा बिस्तार गर्ने सहकारीको योजना छ ।
७५९ जना सदस्य रहेको सदस्य रहेकोमा आगामी आर्थिक बर्षमा ८०० सदस्य पुर्याउने लक्ष्य रहेको बताए ।

सहकारी को कुल पंजी ९ करोड ६२ लाख ३५ हजार ४३ रहेको छ । जसमा कर्जा लगानि ८ करोड १७ लाख ९८ हजार ९ सय ८ रहेको छ । निक्षेप तर्फ ७ करोड ५२ लाख ८१ हजार ४ सय ३२ रहेकोछ । शेयर पूंजीतर्फ १ करोड १४ लाख ८१ हजार रहेको छ । साधारणसभामा जेष्ट नागरिक र विद्यार्थीलाई सम्मान गरिएको थियो ।
अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र सचिव गुणनिधि खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।