रुपन्देहीमा रेष्टुरेण्ट एण्ड बार ब्यवसायी संघ गठन अध्यक्षमा प्रशान्त कोइराला


बुटवल, साउन ४ । पेशा व्यवसाय सञ्चालन गर्दै आएका रुपन्देहीका रेष्टुरेण्ट व्यवसायी संगठित भएका छन् । पर्यटनसंग सम्बन्धित व्यवसायी रुपन्देहीका रेष्टुरेण्ट व्यवसायी संगठित भएर रेष्टुरेण्ट एण्ड बार ब्यवसायी संघ रुपन्देहीको तदर्थ समिती गठन गरेका छन् । सोमबार बुटवलमा रुपन्देहीका करिव ३८ ब्यवसायिको सहभागितामा सम्पन्न भेलाबाट तदर्थ समिति गठन गरिएको हो ।

रेष्टुरेन्ट ब्यब्सायिको हकहित र व्यवसायिक एकताका लागि भाईचारा सम्बन्ध स्थापित गर्ने उद्वेश्यले तदर्थ समिति गठन गरिएको तदर्थ समितिका सचिव प्रदीप जीसीले बताए । रुपन्देहीका युवा ब्यवसायी प्रशान्त कोइरालाको अध्यक्षतामा भेला तथा बैठक सम्पन्न भएको थियो ।
सोही भेला तथा बैठकबाट सर्वसम्बत रुपमा प्रशान्त कोइरालाको अध्यक्षतामा रेष्टुरेन्ट एण्ड बार ब्यवसायी संघ रुपन्देहीे तदर्थ समिती गठन गरिएको छ । १७ सदस्यीय रहेको तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण रिमाल, उपाध्यक्षमा सागर पौडेल,सचिवमा प्रदिप जीसी, सहसचिवमा उमेश सापकोटा, कोषाध्यक्षमा कमल खनाल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अमृतकुमार थापा, निशा श्रेष्ठ, लक्ष्मी रिजाल, बिरेन प्रधान, यम बहादुर थापा, बिक्रम गुरुङ, यमलाल पाण्डे, रामचन्द्र पौडेल, अमृत गुरुङ,अजय रेग्मी रहनुभएको सचिव प्रदिप जीसीले जानकारी गराएका छन् । रेष्टुरेन्ट एण्ड बार ब्यवसायी संघ रुपन्देहीेका नवनिर्वाचित अध्यक्ष प्रशान्त कोइरालाले रुपन्देहीमा रेष्टुरेन्ट एण्ड बार ब्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने प्रतिवद्वता जनाएका छन् ।
मोफसलको राजधानी नामले चिनिएको रुपन्देही र बुटवल रेष्टुरेण्ट एबम् बारको हबको रुपमा बिकास भैरहेको बताए । व्यवसायिक एकताका लागि अब एक आपसमा सहकार्य र एकताका साथ रेष्टुरेण्ट ब्यवसायी संघले छुट्टै कार्ययोजना बनाएर अघी बढ्ने अध्यक्ष कोइरालाको भनाइ छ । तदर्थ समितीका सचिव प्रदिप जीसीले पछिल्लो समय कोभिडबाट आंक्रान्त ब्यवसायिका लागि कोभिड खोप उपलब्ध गराउन सरकारसंग बारको प्रमुखकार्य रहेको बताए ।
जोखिम मोलेर पर्यटन व्यवसायको क्षेत्रमा काम गर्ने व्यवसायी र कामदारलाई राज्यले खोपका लागि प्राथमिकता नदिएकाले अब एकतावद्व भएर अधिकारको पक्षमा उभिनुको विकल्प नभएको सचिव जीसीको भनाइ छ ।
कोभिडका कारण घरभडादेखि बैंकको व्याजसमेत चलाउन नसकेका व्यवसायी संकटमा परेको अवस्थामा राज्यबाट कुनै सहयोग नभएकोप्रति रेष्टुरेण्ट एण्ड बार ब्यवसायी संघमा आवद्व व्यवसायीले गुनासो गरेका छन् ।
उनीहरुखे रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । रात्रीकालिन व्यवसाय सञ्चालनमा आफुहरु तयार भएपनि प्रहरी प्रशासनको अबरोधका कारण व्यवसाय सञ्चालन हुन नसक्दा व्यवसायी मारमा परेको गुनासो गरेका छन् ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










