ढुवानीमा  दशैको शुभकामना आदानप्रदान सम्पन्न

 

बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीले हिन्दुहरुको महान चाड वडा दशै, तिहार, छठ तथा नेपाल सम्बत–२०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समितिको कार्यालय ढुवानीग्राममा आयोजित कार्यक्रममा आउदै गरेका चाडहरुले सबै नेपालीहरुमा शुख शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्दै सबैमा शुभकामना आदानप्रदान गरिएको थियो ।

समितिका अध्यक्ष जीत बहादुर भाटको अध्यक्षता, समितिका महासचिव कमल ढुङ्गानाको सञ्चालनमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्ला दिनमा यातायात क्षेत्रमा देखापरेका समस्याहरुसंग जुध्न चाडपर्वहरुले शक्ति प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए । उनीहरुले ढुवानी क्षेत्रले विषम परिश्थितीको सामना गर्नु परेकोमा आगामी दिनमा त्यसमा सुधारको अपेक्षा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष जितबहादुर भाटले हामीहरुमा आफ्ना चाडपर्वलाई रमाएर एवं खुशी साटासाट गर्न सक्ने क्षमता भएको बताउदै ढुवानी क्षेत्रका समस्यासंग व्यवसायीक एकता र धैर्यताका साथ सामना गर्न आग्रह गर्नु भयो ।

संघका सल्लाहाकार तथा पूर्व अध्यक्ष माधव नेपालले हाम्रा चाडहरुले सबैमा खुशीयाली ल्याउने बातावरण तयार गर्ने विश्वास व्यक्त गर्दै नेतृत्वमा बसेका व्यक्तिहरुको निस्कृयताले व्यवसायलाई नै असर गर्ने हुदा पद लिने मात्र प्रवृति त्याग्न अनुरोध गर्नु भयो ।

संघका अर्का पूर्व अध्यक्ष तथा रुपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरेले ढुवानी व्यवसायमा संलग्न व्यवसायीहरुको एकतामा जोड दिनु भयो ।

कार्यक्रममा संघका सल्लाहाकार लोकराज पोखरेल, सल्लाहाकार ओमलाल पोखरेल, वरिष्ठ उपाध्यक्ष माधव आर्चाय, उपाध्यक्ष शंकर लम्साल, पूर्व महासचिव विष्णु गैरे, कोषाध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, सदस्य इन्दीरा नेपाल लगायत बोल्दै वडा दशै, तिहार लगायतका पर्वहरुले सबै नेपालीहरुमा सुख शान्ति र उत्तरोत्तर प्रगति प्रदान गरोस भन्दै शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, सल्लाहाकार, कार्यसमितिका पदाधिकारी सदस्यहरु, ढुवानी व्यवसायीहरुको सहभागिता रहेको थियो ।