पश्चि नेपाल बस व्यवसायी प्रालिद्दारा स्वागत तथा सम्मान

बुटवल, कार्तिक ३ गते । पश्चि नेपाल बस व्यवसायी प्रालिले दशैं पर्वको अवसरमा शुभकामना आदान प्रदान, स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । प्रालिले शुक्रबार कार्यक्रम गरी साधारण सभा तथा अधिवेशनबाट निर्वाचित बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी र रुपन्देही उद्योग संघका अध्यक्ष तथा पदाधिकारहरुलाई स्वागत तथा सम्मान गरेको हो ।

 

सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले विकासका लागि बुटवल देशकै आधारशीला भएको बताए । बुटवलको बसपार्कलाई देशकै उत्कृष्ट बसपार्क बनाउने बताउंदै बुटवलको सडकलाई व्यवसायीमैत्री बनाउने उनको दावी छ । उज्यालो बुटवलका लागि सबैसंग सहकार्य गरेर चलायमान बुटवल बनाउने मेयर पाण्डेले प्रतिबद्दजा जनाए ।

 

प्रालिका अध्यक्ष दधिराम खरेलले नेपालीको महान पर्व दशैंको बेला सुरक्षित यात्राका लागि यात्रुको सेवाका लागि बस थपेर सेवा प्रदा गरिएको बताए ।उनले सबै यात्रुको सुरक्षित यात्राप्रति प्रालि सचेत रहेको बताउंदै पत्रकारहरुलाइ गलतलाई सुधार गर्न आलोचनात्मक कलम चलाउन आग्रह गरे ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले नागरिकलाई शान्ति सुरक्षा, सेवा दिने विषयमा प्रहरी प्रशासन र व्यवसायिक संघसस्थाहरुको दायित्व भएकाले नागरिकप्रतिको आफ्नो दायित्वप्रति सबै जिम्म्ेवार बन्नुपर्ने बताए ।

 

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाई, ईलाका प्रहरी कार्यालय बुटवलकाम डिएसपी दानबहादुर थापा, यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्साल लगायतले आआफ्ना भनाइ राखेका थिए ।

प्रालिका अध्यक्ष दधिराम खरेको अध्यक्षता, प्रबन्ध संचालक रामचन्द्र भुसालको सञ्चालन र नारायाण् घिमिरेको स्वागतमा कार्यक्रम भएको हो ।