रुपन्देही उधोग संघका पदस्थापना

बुटवल, १९ कार्तिक । रुपन्देही उधोग संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम आइतवार भएको छ । संघको सभाहलमा आयोजित एक कार्यक्रममा ४५ औ साधारण सभा तथा २३ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीको पदस्थापन सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, लुम्बिनी प्रदेश उधोग परिसंघका अध्यक्ष एजाज आलम तथा निर्वाचन समितिका संयोजक यमलाल खनालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई शपथ गराउदै प्रमाणपत्र वितरणा गरेका हुन् ।

पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले उधोेगीहरुका समस्याहरुको सम्बोधन नहुदासम्म देशमा आर्थिक विकास र औद्योगिक बातावरण बन्न नसक्ने बताए । लुम्बिनी प्रदेशलाई औद्योगिक हव बनाउन प्रदेश सरकार र उद्योगीहरुवीचको सम्बन्ध राम्रो हुनुपर्ने धारणा राख्दै उधोगीहरुसंग समन्वय गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
उनले आफु उद्योग मन्त्री र मुख्यमन्त्री बनेको समयमा उद्योगीहरुका समस्यालाई नजिकबाट नियाल्ने अवसर पाएको स्मरण गर्दै उद्योग नीति तथा ऐनहरु निर्माण गर्दा उद्योगीहरुले दिएको सुझाव समावेश गर्न सकेमा आत्मनिभर अर्थतन्त्र स्थापना गर्न सहज हुने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले उद्योगीहरुमा संस्कार परिर्वतन गर्नु जरुरी भएको बताउदै संघले सामाजिक क्षेत्रको उत्तरदायित्व अन्तरगत अगाडी बढाएको मुटु अस्पतालको स्थायित्वको लागि गम्भिर बन्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार उद्योगीहरुको समस्यामा सधै गम्भिर रहेको उल्लेख गर्दै उहाले नीजि क्षेत्रसँग स्थानीय सरकार सहकार्य गरेर अगाडी बढ्दै आएको र आगामी दिनमा पनि ठोस कार्यका लागि सधै साथमा रहने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष बाबुराम बोहोराले पछिल्ला दिनमा उद्योग व्यवसाय क्षेत्र संकटमा परेको उल्लेख गर्दै औद्योगिक मुद्दाहरुलाई राज्यले सम्बोधन गर्न सकेको भन्दै गुनासो गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष माधवप्रसाद पौडेलले संघको गरिमा र लक्ष्यलाई आफ्नो कार्यकालमा तलमाथि हुन नदिएको उल्लेख गर्दै संघको इतिहास र अग्रजहरुको मार्ग दर्शनलाई आगामी दिनमा पनि नया कार्यसमितिले सधै आत्मसाथ गरेर अगाडी बढ्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिलिप सापकोटाले उद्योगीहरुका तमाम समस्या समाधानका लागि आफ्नो नेतृत्वको कार्यसमितिले कुनै पनि कसुर बा“की नराख्ने प्रतिवद्दता जनाउंदै सबै उधोगीका समस्या साझा भएको बताए ।

उनले उद्योगी, व्यवसायीहरुका साझा समस्या समाधानका निम्ति रुपन्देही जिल्ला र जिल्ला बाहिरका अन्य व्यवसायिक संघसंस्थाहरुस“ग निरन्तर सहकार्य गरी अघि बढ्ने विश्वास दिलाउदै संघको संस्थागत विकास, उद्योगीका क्षमता विस्तार र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने बताए ।

दुई चरणमा भएको कार्यक्रमको पहिलो सत्रको अध्यक्षता अध्यक्ष माधवप्रसाद पौडेलले र सञ्चालन महासचिव हरिबहादुर खत्रीले गरेका थिए ।
त्यस्तै दोस्रो चरण नवनिर्वाचित अध्यक्ष दिलिप सापकोटाले कार्यक्रमको अध्यक्षता र महासचिव हिरामणी भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा व्यवसायीक संघसंस्थाकातर्फबाट रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, सरकारी कार्यालयहरुकातर्फबाट आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौला, इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरिक्षक दानबहादुर थापा, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्रप्रसाद पाठक लगायतले आआफ्ना भनाइ राखेका थिए ।

रुपन्देही उद्योग संघको असोज २९ गते सम्पन्न २३ औं अधिवेशनबाट दिलिप सापकोटाको अध्यक्षतामा संघको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

कार्यक्रममा यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्था कुशलतापूर्वक कायम गरी अपराध नियन्त्रण र गैर कानूनी गतिविधि रोक्न महत्वपूर्ण भूिमका खेलेकोमा इलाका प्रहरी कार्यालय बुटवल र कार्यालयका प्रहरी नायव उपरीक्षक दान बहादुर थापालाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।

संघको कार्यसमिति २०७८—२०८० परिवारको तर्पmबाट निवर्तमान अध्यक्ष माधब प्रसाद पौडेललाई मायाको चिनो तथा निर्वतमान बनेको आफ्नो टिमलाई पौडेलले मांयाको चिनो प्रदान गरेका थिए ।