लायन्स बुटवल सेन्ट्रलको टोली राहात लिएर जाजरकोटमा

 

 

बुटवल । लायन्स क्लब अफ बुटवल सेन्ट्रलले जाजरकोटमा गएको भुकम्पबाट प्रभावितहरुलाई राहात सामाग्री वितरण गरेको छ ।
मानविय भावना र सामाजिक उत्तरदायित्व अन्तरगत क्लबका अध्यक्ष बलबहादुर गोदार(बाल्दर)को नेतृत्वमा गएको टोलीले घटनास्थल जाजरकोट नगरपालिका वडा नं. २ खलंगामा पुगेर प्रत्यक्ष रुपमा प्रभावितको हातमा राहात प्रदान गरेको क्लबले जनाएको छ । बुटवलबाट खाद्यान्न र बन्दोबस्तीका सामाग्रीसहित जाजरकोट पुगेको टोलीले सो वडाका वडा अध्यक्ष भिम कार्किलाई राहात सामाग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष गोदारले बताउनु भयो ।


जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी सन्तोष रोकाको समन्वयमा उक्त सामाग्री वडा अध्यक्ष कार्किलाई हस्तान्तरण गरिएको जनाइएको छ । क्लबले सो अवसरमा २ सय २० थान ब्ल्याङकेट, २ सय केसी चामल, २ सय केजी चिउरा, ३ कार्टुन चाउचाउ र १० बोरा न्यानो कपडा प्रदान गरेको जनाएको छ । टोलीमा क्लबका पूर्व अध्यक्ष जेडी वारसी, कोषाध्यक्ष कृष्णप्रसाद घिमिरे, सहकोषाध्यक्ष काशीराम पोखरेल र सदस्य केशब पोखरेलको सहभागीता रहेको थियो ।