जागरुक सहकारीको १६ औ वार्षिक साधारण सभा

बुटवल, मंसिर ९ गते । बुटवलमा सञ्चालित जागरुक बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा भएको छ । सन्तुष्ट र सम्वृद्व सदस्यहरुको सर्वोत्कृष्ट संस्था भन्ने नाराका साथ सहकारीको वार्षिक साधारण सभा शुक्रबार बुटवलमा सम्पन्न भएको हो ।

उक्त १६ औं वार्षिक साधारण सभामा बोल्ने सहकारी अभियान्ताहरुले सहकारीले गरिबी निबारणमा राज्यलाई सहयोग पुराएको र आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोगी बनेको बताए । केही सहकारीहरुले गलत काम गरेकाले राम्रा काम गर्दै आएका सहकारीहरु पनि गलत आर्थिक काराोावार गर्ने सहकारीकै आधारमा हेरिएको बताउंदै जागरुक बचत तथा ऋण सहकारीले ऐन नियम अनुसार काम गरेको उनीहरुले बताएका छन् ।

वार्षिक साधारण सभाका प्रमुख अतिथि सहकारीका सल्लाहाकार तुल्सीराम बञ्जाडेले सहकारीलाई पारदर्शी र व्यवहारिक ढंगले चलाउनु पर्ने बताए ।
उनले केही होला भनेर खाइ नखाई सहकारीमा जम्मा गरेको पैसा सञ्चालन गर्दा प्रतिफल आउने गरी सहकारी सञ्चालकहरुले ऋण लगानी गर्नुपर्नेमा जोड दिए । उनले जागरुक सहकारीलाई देशमै नमुना सहकारीको रुपमा चलाउन सुझाव दिए ।

राष्ट्रिय सहकारी बोर्डका सदस्य सन्दिप सापकोटाले समूदायमा आधारिध सहकारीहरुमा कुनै समस्या नभएको बताए । उनले मिटरब्याजे, बैंकर्स र उच्च पदस्थ कर्मचारीहरुको कालो धनका कारण सहकारीमा समस्या आएको बताउंदै सहकारीमा देखिएका समस्या क्रमस हट्दै जाने बताए । उनले सहकारीमा आवद्द नभएकाहरुलाई सहकारी अभियानमा आवद्द हुन आग्रह गरेका छन् ।

सहकारीका संस्थापक अध्यक्ष खगेन्द्र शर्मा रेग्मीले केही सहकारीले बदनाम गरेपनि जागरुक सहकारी ऐन नियम अनुसार चलेको बताए । उनले सहकारीको लगानी कृषि, पर्यटनलगायतका अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष लक्ष्मणप्रसाद बस्यालले सहकारी सही ढंगले चले नचलेको विषयमा चनाखो हुन र हिसाव किताव हेर्न सहकारीका सदस्यहरुलाई आग्रह गरे । उनले हाम्रो जागरुक सहकारी नियमपूर्वक चलेको दावी गर्दै सहकारीको लगानी सही ठाउंमा भएको बताए । उनले अब फरक ढंगले सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा लगानी लगाउनका लागि छुट्टै उपसमिति गठन गरिएको जानकारी गराए । अध्यक्ष बस्यालले कृषि र पर्यटनको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

सहकारी सञ्चालक समितिका सदस्य कृष्णकुमार पोखरेलले कोरोना विमा गरेका २६ जना सहकारी सदस्यले कोराना विमा वापतको रकम नपाएको जानकारी गराउंदै नियमपूर्वक पाउनु पर्ने विमा वापतको रकम तत्काल भुक्तानी दिन सरकारसंग माग गरेका छन् ।

उक्त वार्षिक साधारण सभामा प्लस टु र अन्य विभिन्न तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा सहकारीका सदस्यहरुका छोराछोरी, जेष्ठ नागरिक, असल बचत कर्ता र असल ऋणीलाई सम्मान गरिएको सहकारी सञ्चालक समितिका सदस्य कृष्णकुमार पोखरेलले जानकारी गराए ।

सहकारीका अध्यक्ष लक्ष्मणप्रसाद बस्यालको अध्यक्षता, उपाध्यक्ष हिमलाल भट्टराईको स्वागत र सचिव श्यामप्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम भएको हो । नौ सय सदस्य रहेको जागरुक सहकारीको १६ करोड कुल पूंजी रहेको छ ।