रुपन्देही उधोग संघले मनायो स्थापना दिवस, पत्रकारिता पुरस्कारबाट पत्रकार आरपी पुरस्कृत

बुटवल, मंसिर १५ गते । रुपन्देही उधोगग संघले ४६ औं स्थापना तथा औधोगिक दिवस मनाएको छ ।शुक्रबार आफ्नो स्थापना दिवसको अवसरमा संघले उत्कृष्ट औधोगिक पत्रकारिता पुरस्कार, छात्रवृत्ति प्रदान, अग्रज उधमी, विभिन्न क्षेत्रका उधोगी व्यवसायीलाई सम्मान गरेको छ ।

संघले स्थापना गरेको उत्कृष्ट औधोगिक पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । पत्रकार आचार्यलाई ४६ हजार १५५ रुपियां नगदसहित सम्मान गरिएको हो । त्यसैगरी अग्रज उधमीको रुपमा पूर्णप्रसाद सापकोटा, चन्द्रमान श्रेष्ठ र तिलप्रसाद भट्टराईलाई सम्मान गरिएको छ ।

त्यस्तै उत्कृष्ट रोजगारदाता उद्योगीको रुपमा डुंगारी गार्मेन्ट उधोगका यज्ञेश्वर थैव, उत्कृष्ट महिला उधमीको रुपमा दिलु शाही, उत्कृष्ट युवा उधमीको रुपमा उपेन्द्र अग्रवाल, उत्कृष्ट कृषि उधोगीको रुपमा माउन्ट रोजिन एण्ड टर्पेन्टाइन इन्डष्ट्रिजका वसन्त रोका क्षेत्री, उत्कृष्ट उधोगको रुपमा यशोदा फुड्स प्रालिका चुन्नुप्रसाद पौडेल र उत्कृष्ट पर्यटन उधोगको रुपमा होटल न्यू इरा बुटवलका सञ्चालक माधव नेपाललाई सम्मान गरिएको छ ।

कान्ति माविमा अध्ययनरत विद्यार्थी मधुसुधन मल्ल र जनज्योती माविमा कक्षा ९ मा अध्ययनरत तुलसा गाहालाई १० हजार १५५ नगद र स्टेशनरी तथा झोला छात्रवृत्ति स्वरुप प्रदान गरिएको छ ।

त्यसैगरी संघले स्थापना दिवसको अवसरमा यही मंसिर १३ गते मानव सेवा आश्रममा स्वास्थ्य परीक्षणसहित खाना खुवाएको थियो, भने १४ गते रुपन्देहीका संघसंस्थाबीच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता भएको थियो । स्थापना दिवस समारोहमा ब्याडबिन्टनमा उत्कृष्ट टिमलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । स्थापना दिवसकै अवसरमा संघले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले राज्यको औद्योगिक र भन्सार नीति गलत हुंदा उधोगी व्यवसायीले समस्या भोग्नु परेको बताए ।

रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष डम्बरदेव अर्यालले दलहरुको गलत नीतिका कारण अहिलेको व्यवस्थामाथि प्रश्न उठेको र मुलुक झन् झन आर्थिक रुपमा ओरालो लाग्दै गएकाले उद्योगी व्यवसायीहरु चनाखो हुनुपर्ने बताए ।

संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन व्यवसायी माधव नेपाल, उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल–४ का वडाअध्यक्ष नरिश्वर पौडेल, संघका निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, अग्रज उद्यमी पूर्णप्रसाद सापकोटा, पचिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, महासचिव हिरामणी भट्टराई लगायतले बोलेका थिए ।