प्यूठानको विकासमा दलीय स्वार्थ भन्दामाथि उठ्न मन्त्री, सांसदलाई आग्रह

बुटवल, भदौ ६ । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले अध्यादेशबाट ल्याएको बजेटले देश चल्न नसक्ने बताए । मन्त्री खड्काले अध्यादेशबाट अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गरेर ल्याउने बताए ।

प्यूठान रुपन्देही सम्पर्क मञ्चले बुटवलमान आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री खड्काले संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।मन्त्री खड्काले ओली सरकारको एकलौटी, असंवैधानिक तथा निरंकुशताका कारण देश पश्चगमनतर्फ गएको अवस्थामा संविधान र लोकतन्त्रको रक्षाका लागि नयां ढंगले गठबन्दन गरिएको बताए ।

उनले जनताले विकास र सम्वृद्वि चाहिएको उल्लेख गर्दै जनताको चाहाना अनुसार प्रदेश सरकारले काम गर्ने मन्त्री खड्काको प्रतिवद्वता छ ।
मन्त्री खड्काले प्यूठानको समग्र विकसका लागि सरकारको तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्वता जनाएका छन् । बिरोधीहरुले आरोप लगाए जस्तै गरी इयूठानमा विकास हुदै नभएको भन्ने होइन भन्दै जिल्लाको विकासमा खासै कमी नरहेको बताए ।

प्रदेश सांसद तारा जीसीले जनताको अपेक्षा अनुसार विकास हुन नसकेको बताउनुभयो । सरकारले विकासको नाममा थोरैथोरै वजेट छरेर जनताको आंखामा छारो हालेकाले जनताले भने जस्तै विकास हुन नसकेको बताइन । विकासका लागि सरकारको नीति नै बाधक बन्ने गरेको बताउंदै प्यूठानको विकासमा आफुले ठूलो प्रयत्न गरेपनि आवश्यक अनुसार बजेट पर्न नसकेको सांसद जीसीको भनाइ छ ।

प्यूठानको विकासमा आफुले प्रदेश सरकारमा बारमबार आवाज उठाउंदा पनि योजना अनुसार बजेट पर्न नसकेको र बजेट पानृका लागि आफुले पहल गरिरहेको सांसद जीसीको भनाइ छ ।

प्यूठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेलले प्यूठानको विकासमा विशेष ध्यान दिन आग्रह गर्दै दलीय स्वार्थ भन्दा माथि उठेर विकासका काममा एकतावद्व हुन मन्त्री र सांसदहरुलाई आग्रह गरेका छन् । बाग्दुला भिमगिठे सडक निर्माणको काम तत्काल शुरु गर्न र जिल्लाका विभिन्न सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, उद्योगको विकासमा नेता र सांसदहरुको ध्यान पुग्न नसकेकाले त्यसप्रति ध्यान दिनसमेत अध्यक्ष पोखरेलले आग्रह गरेका छन् ।

समग्र प्यूठानको विकासका लागि प्यूठान रुपन्देही सम्पर्क मञ्च सबैको साथमा रहेको अध्यक्ष पोखरेलले बताए ।
कार्यक्रममा सम्पर्क मञ्चका पूर्व अध्यक्ष लोकराज पोखरेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, वरिष्ठ उपाध्यक्ष पदमप्रताप जीसी लगायतले आआफ्ना भनाइ राखेका थिए । सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र सचिव प्रदीप जीसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्यूठान रुपन्देही सम्पर्क मञ्चले लुम्बिनी प्रदेशका नवनिर्वाचित आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्का, पत्रकार महासंघ लगायत विभिन्न सामाजिक संघसस्थाहरुमा निर्वाचित अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।
स्वास्थ्य उपचार कोष स्थापना र जिल्लामा एम्बुलेन्स सञ्चालनका लागि मन्त्री र सांसदहरुलाई संसद विकास कोषबाट वा अन्य शिर्षकबाट बजेट छुट्टाउन प्यूठान रुपन्देही सम्पर्क मञ्चले मन्त्री र सांसदहरुसंग माग गरेको छ ।