लुम्बिनी एक्स्पोमा

निशुल्क पानी र मोबाइल चार्जको सुबिधा

 

 

बुटवल/
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० मा आउने अवलोकनकर्तालाई कसरी सेवा र सुविधा दिन सकिन्छ भनेर आयोजक तथा आयोजकहरुका सहयोगि संस्थाहरु लागि परेका छन् । दर्शकको भिड लाग्ने र अवलोकनका लागि असहज नहोस भन्ने हेतुले मेला आयोजना स्थलमा सानासाना कुराहरुमा पनि ध्यान दिने गरेको त्यहा प्राप्त सेवाले पनि पुष्ठि गर्दछ ।

खाद्य बस्तुहरु सम्बन्धि बिक्रि गर्ने कम्पनी प्रतिनिधिहरु र डिलर प्रतिनिधिहरुको संयुक्त सस्था ओम्सका केन्द्रिय अध्यक्ष सुर्य पराजुलीले धेरैको कम ध्यान जाने तर सामाजिक कामबाट सन्तुष्टि मिल्ने र समाज सेवाको उद्देश्यले सेवा गर्न स्टल राखेर सेवा दिइरहेको बताएका छन् ।


निमार्णाधिन प्रदर्शनी केन्द्रमा करिब ६ सय स्टलहरु सहभागी रहेका छन् । प्रदर्शनी केन्द्रमा एकै पटक २५ हजार दर्शकले स्टलको अवलोगन गर्न सक्ने क्षमता रहेको छ । मेलामा एकै दिनमा १ लाख सम्म दर्शकहरु पुग्ने गर्दछन । यसरी पुगेका अवलोकनकर्तालाई खानेपानी, शौचालय तथा प्रवेश र निकासको सहज व्यवस्थापन आयोजकबाट भएको छ । त्यसमा पनि स्टल भित्रै एक परोपकारी संस्थाले खानेपानी र मोवाईल रिचार्जको निशुल्क प्रबन्ध गरेको छः त्यो संस्था हो बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल काठमाडांै ।


सामान्य लाग्ने तर अवलोकनकर्तालाई निकै समस्या पर्न सक्ने अवस्था हुन्छ । स्टल हेर्दै जादा तिर्खा लाग्न सक्छ, पानी पिउन मन लाग्न सक्छ या त मोबाईलको चार्ज सकियो वा बच्चालाई स्तनपान गराउनु पर्यो भने अवलोकनकर्तालाई निकै समस्या पर्छ । यहि समस्यामा सहयोगी बनेको छ ओम्स । प्रदर्शनी स्थलमा रहेको स्टल नम्बर २७९ मा बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल काठमाडौले निशुल्क पिउने पानी तथा निशुल्क मोबाइल्ल चार्ज र निशुल्क स्तनपान कक्ष प्रदान गरेको छ ।


ओम्सका आजिवन सदस्य प्रकाश शर्माले निशुल्क तातो चिसो पानी दैनिक ५०–६० जार बितरण गरिएको बताए । उनले सार्वजनिक बिदाको दिनमा आउने बालबालिकाहरुलाइ दैनिक ५ सय जनालाइ बिस्कुट र चकलेट बितरण गरेको बताएका छन् । सो सेवा प्रदान गर्नका लागि ओम्सका सदस्यहरुले आलोपालो माध्यमबाट काम गरिहेका छन् । ओम्सको लुम्बिनी साखा कार्यालय रुपन्देहीमा १३५ सदस्य छन ।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखी गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले मेला पुस १८ गतेसम्म चल्नेछ । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।