लुम्बिनी एक्स्पोमा दर्शकको भीड, आयोजकलाई व्यवस्थापन सकस

श्यामलाल पोखरेल
बुटवल, पुस १५ गते । बुटवलमा जारी लुम्बिनी एक्स्पोमा आइतबार अन्य दिनको तुलनामा दर्शकको घुईचो लाग्यो । पुस १५ अर्थात तमु ल्होसारका कारण सार्वजनिक बिदा भएकाले अन्य दिनको तुलनामा दर्शकको संख्या अत्याधिक बढेको हो ।
रुपन्देहीव्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरताहाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ बुटवल मण्डपमा सञ्चालित लुम्बिनीएक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलामा २ दिनमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मेला सञ्चालनभएको १० औं र ११ औं दिनमा सार्वजनिकविदा परेका कारण मेलाको अवलोकन गर्ने दर्शको संख्या बढेको हो । शनिबार भन्दा आइतबार बढी दर्शकले मेला अवलोकन गरेका छन् ।
सार्वजनिक विदा परेकाले मेला हेर्न विद्यार्थी र अभिभावकको भिड लागेको थियो । एक्स्पोमा अवलोकन तथा हेर्न जानेमा महिलाहरुको संख्या अत्याधिक बढी थियो, पुरुषको तुलनामा ।
प्रदर्शनी स्थल बुटवल मण्डपको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रको क्षेत्र अवलोकन कर्ताले भरिभराउ थियो । दर्शकको भिड बढेपछि व्यवस्थापनमा समस्या भएको थियो ।
दर्शकको भीड बढेपछि आगमन प्रदर्शनी स्थलमा स्थानको अभाव हुंदा प्रवेशको क्रममा दर्शक रोकेर व्यवस्थापन गर्नु परेको मेला प्रवन्धक सरोज पोखरेलले बताए ।
हिजो शनिवार पनि मेला अवलोकन गर्न ठूलो संख्यामा दर्शकको भीड लागेको थियो । प्रदर्शनी स्थलमादर्शहरु टिकट काटेर अवलोकन गर्न विहानैबाट ओइरो लाग्न थालेका थिए । प्रर्दशनी स्थलभित्र रहेका स्टल क्षेत्र, मञ्च रहेको खुल्लाचौर र बाल उद्यानको क्षेत्रमा मान्छे उभिने ठाउँको अभाव भएको मेलाका सदस्य सचिव दयानिधि भण्डारीले बताए ।

मेला सचिवालयले दिएको जानकारी अनुसार शनिवार र आइतवार सार्वजनिक विदाका दिन मेला अवलोकन गर्न करिव ३ लाख दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ । मेला अवलोकन गर्न आउने दर्शकलाई टिकट लिन सहजहोस भन्दै आयोजकको तर्फबाट विहानै टिकट काउन्टर थप गरी प्रवेश टिकट विक्री गरिएको मेला सहसंयोजक दिपक अधिकारीले बताए । दर्शकको भिड बढेपछि टिकट विक्रिको व्यवस्थापन र कुनै दुर्घटना नहोस् भनेर आयोजकमुल समितिका सदस्यहरु सबै जना खटिएका थिए ।

आयोजक संस्था रुपन्देहीव्यापार संघका अध्यक्षकृष्ण प्रसाद घिमिरेले दर्शकको उपस्थितिले आगामी आयोजनाका क्रममा थप सचेत बनेर कामगर्नु पर्ने कुरा सिकाएको बताए ।
मण्डपको क्षमताभन्दा बढी दर्शहको घुइँचो बढेको अवस्थामा टिकट विक्री बन्द गरी व्यवस्थापन गर्ने कामगरिएको थियो । मण्डप भित्रका दर्शकलाई बाहिर निकाल्नका लागि छुट्टै निकासको व्यवस्था गरिएको थियो ।

                                                      मेला स्थलमा बृद्धबृद्धालाई सम्मान

मेला सञ्चालन भैरहेको अवस्थामा रुपन्देही व्यापार संघले आइतवार मेला स्थलमा विभिन्न क्षेत्रका ३० जना बृद्धबृद्धालाई सम्मान गरेको छ । मेलामा एक कार्यक्रमको आयोजना गरी रुरु मिलन केन्द्र शंकरनगरको पहलमा ३० बृद्ध महिला तथा पुरुषलाई संघले दोसल्ला ओढाएर सम्मान गरेको हो ।
बृद्धबृद्धाहरुलाई संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, पूर्व अध्यक्षहरु मोतिप्रसाद पाण्डे, पदमप्रसाद श्रेष्ठ, संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संयुक्त रुपमा सम्मान गरेका थिए ।

त्यस अवसरमा बोल्दै संघ अध्यक्ष घिमिरेले समाजमा रहेका बृद्धबृद्धाहरुलाई सम्मानगर्ने संस्कारको विकास गर्ने हेतुले उक्त कार्यक्रम रारिएको उल्लेख गर्दै पछिल्लो समयमा बृद्धबृद्धाहरुलाई हेलागर्ने जुन परिपाठि बढेको बताए ।

कार्यक्रममा संघका महासचिव दयानिधि भण्डारीले बृद्धअवस्था हुनुकुनै पाप नभएर प्राकृतिक नियम भएको बताउदै घर, सामाज र राष्ट्रले बृद्धबृद्धालाई हेय दृष्टिकोणले हेर्न नहुने बताए ।

                                                         सांस्कृतिक कार्यक्रमको रन्को
मेलाको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु कतिपय सकिएका छन् भने कतिपयको छनौट चरण अन्तिममा पुगेका छन् । राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिताको फाइनल आइतवार भएको छ भने शनिवारबाट भजन प्रतियोगिता सकिएको छ । भजन प्रतियोगितामा लुम्बिनी प्रदेशका १६ समूहले प्रतिष्पर्धा गरेका थिए।
यता डान्स आइडल–२०८० प्रतियोगिता अन्तरगत अन्तिम टप ४ गायकको प्रस्तुती आइतवार भएको छ । शनिवार प्रतियोगितामा टिवंकल श्रेष्ठ, सतिष सेञ्चुरी, आरोही काउचा, निसिंम झेडी र आकृति परियार टप ५ सम्म पुगेका प्रतियोगिले आफ्नो प्रस्तुती राखेकोमा आइतवार एक जना छनौटबाट बाहिरिएका छन् । भोटिङका आधारमा छनौट हुने प्रतियोगितामा अब टप ४ का प्रतियोगिहरुको प्रस्तुतिआइतवार राखेका छन् । प्रतियोगिताको फाइनल भिडन्त पुष १८ गते हुनेछ ।
कलाकारहरुको एकल प्रस्तुती अन्तरगत शनिवार लोक दोहोरी गायक खुमन अधिकारी, बैकुण्ठ महत, नारायण विसी, लोकदोहोरी गायिका रुपा घर्तीमगर, लालमायाथापा र कोपिला न्यौपानेले दर्शक नचाएका थिए ।