बुटवलको ओम सहकारीको दोस्रो साधरणा

बुटवल, पुस १५ गते । ओम बहुउदेश्य सहकारी बुटबलको दोस्रो साधरणा सभा भएको छ । सहकारीले एक बर्षको आर्थिक आयव्याय प्रस्तुत गरेको छ ।
कार्यक्रममा बोल्दै ओम बहुउदेश्य सहकारीका अध्यक्ष राजेन्द्र ढकालले सहकारी दोस्रो बर्षमा आईपुग्दा धेरै सफलता प्राप्त दावी गदैस सहकारीलाई अब्बल बनाउने बताए ।

२५० भन्दा बढी सदस्य संख्यारहेको सहकारीले ५ करोड बढीको आर्थिक कारोबार गरेको जानकारी गराउंदै सहकारीको बुटबलमा केन्द्रिय कार्यालय भएपनि शाखा कार्यलय भैरहबाटबाट आर्थिक कारोबर हुने गरेको बताए ।

अध्यक्ष ढकालले लुम्बिनी प्रदेशका ६ जिल्लाबाट सेवा दिइरहेको बताउंदै अध्यक्ष ढकाले भने – सहकारीलाई बैक सरको आधुनिक बितिय सेवाहरु प्रयोग गर्ने गरी तयारी भैरहेको छ भने ।

बुटबल उपमहानगरपालिका उपप्रमुख साबित्रा अर्यालले सहकारी स्थापनाको छोटो समयमा राम्रो प्रगती गरेको बताईन । सहकारीले कृषिको क्षेत्रमा लगानी गरी स्वदेश मै रोजगारी स्थापनाका लागि युवहरुलाई कृषिसंगै सीपमूलक मुलक क्षेत्रमा जोडनु पर्ने बताइन ।

कार्यक्रममा सहकारीका सल्लाहाकार मेघनाथ खनाल, राजुप्रसाद ढकाल, युवराज राना, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष बिमलराज भट्टराई संस्थाका संस्थापक अध्यक्ष डा. बिष्णु घिमिरे, बुटबल शाखाका कार्यलय प्रमुख लिला खनाल, भैरहवा शाखाका प्रमुख रोज ठकुरी, लेखा समिति सदस्य भुवनेश्वर घिमिरे, कोषाध्यक्ष मदन आचार्य लगायतले आआफ्ना भनाइ राखेका थिए ।
सहकारीका अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षयता र सचिव लक्षमण सुवेदीको सञ्चालनमा कार्यक्रम भएको हो ।