बुटवल उवासंघमा इलेक्ट्रोनिक समिति गठन

बुटवल, पुस २१ गते । बुटवल उधोग बाणिज्य संघको बस्तुगत समिति अन्तर्गत इलेक्ट्रोनिक समिती गठन गरिएको छ । बुटवल उधोग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालको प्रमुख आथित्यमा सम्पन्न भेलाले समिति गठन गरेको हो ।

सुशीलप्रसाद श्रेष्ठको अध्यक्षता रहेको ११ सदस्यीय कार्य समिति गठन भएको हो । जसको उपाध्यक्षमा नारायण रामायझी, सचिवमा शौभाग्यमान सिभाडौडा, कोषाध्यक्षमा राजा श्रेष्ठ र सदस्यहरूमा गंगा पौडेल, शिसिर पौडेल, भुपराज न्यौपाने, तिलक ध्वजु ,निरज श्रेष्ठ,भरत श्रेष्ठ र बिराट जोशी रहेका छन् ।

त्यस्तै सल्लाहकारमा टेकप्रसाद श्रेष्ठ र महेन्द्र श्रेष्ठलाई चयन गरिएको छ । उधोग बाणिज्य संघ बुटवलको अभिभावकत्व रहने गरी बिभिन्न बस्तुगत समिति गठन भएकाले इलेक्ट्रोनिक समिति पनि त्यसै अन्तर्गत गठन भएको अध्यक्ष सुशील श्रेष्ठले बताए ।

सोही कार्यक्रममा बोल्दै बुटवल उधोग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति हरिप्रसाद अर्यालले विधागत रुपमा लगानी गरेका उद्योगीका समस्या समाधानका लागि संघ प्रविद्द रहेको बताए ।

इलेक्ट्रोनिक ब्यवसायमा आबद्ध सबै व्यवसायी संगठित भएर समस्या समाधान गर्न र यो ब्यवसायलाई अझै व्यवस्थित बनाउन समिति बनेको अध्यक्ष श्रेष्ठले बताए ।