पत्रकार पोखरेलसहित चिकित्सक सम्मानित

बुटवल, पुस २९ गते । पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलसहित पत्रकार र चिकित्सक गरी २५ जनलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड हेल्थ अवार्ड प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलसहित सात प्रदेशका १३ जना चिकित्सक, ५ जना पत्रकार, ५ जना स्वास्थ्यकर्मी र र्२ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मान गरिएको हो । शनिबार चितवनमा आयोजित कार्यक्रममा प्रतिनिधी सभा सदस्य डा. शशांक कोइराला, बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीलगायतले सम्मान गरेका हुन् ।

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट चिकित्सकतर्फ प्रा.डा. पशुपति चौधरी, प्रा.डा. रामनरेश पण्डित, डा. निलम चौरासिया, प्रा.डा. राजेन्द्रप्रसाद कोजु, प्रा.डा. लोकबहादुर सेंढाई, डा. हरिबहादुर खड्का, डा. सरु थापा न्यौपाने रहेका छन् । त्यस्तै डा. प्रदेश घिमिरे, डा.गुरुशरण शाह, डा.योगेन्द्र अग्रहरी, डा. अखण्ड उपाध्याय , डा. प्रमोद जोशी र डा. नरबहादुर मौनी रहेका छन् ।

त्यस्तै पत्रकारहरुमा रामराज पोखरेलसहित गणशेखर शर्मा, स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य, दीपकजंग हमाल र महेन्द्रराज श्रेष्ठलाई सम्मान गरिएको छ । स्वास्थ्यकर्मीमा बालकृष्ण गौतम, ईश्वरीप्रसाद भुसाल, दिपेन्द्र कार्की, मेघराज बलामी र सुरेशकुमार अधिकारी रहेका छन् ।

स्वास्थ्य सेवा निर्देशनालय बर्दिया अस्पताल र बुलिंगटार गाउंँपालिकाको कार्यालय, नवलपुर स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मान भएका छन् ।