बुटवलमा पांचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बुटवल, माघ २ गते । रुपन्देहीको बुटवलमा पांचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० हुने भएको छ । यही माघ ४ गतेदेखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । तीन दिनसम चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भैसकेको मंगलबार पत्रकार सम्मेलन गरी जनाकारी गराईएको छ ।

बुटवल उपमहानगरपालिका नगर खेलकुंद विकास समतिले आयोजना गर्न लागेको प्रतियोगिता देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने नगर खेलकुंद विकास समितिका संयोजक वोनिन पियाले जानकारी गराए ।

बुटवल उपमहानगरपालिका भित्रका सामूदायिक र संस्थागत विद्यालयको सहभागिता रहने छ । सामूदायिक विद्यालय २१ र संस्थागत विद्यालय २१ गरी ४२ वटा विद्यालयमा अध्यनरत विभिन्न विद्याका खेलमा १४ सय २२ जना विद्यार्थीले उक्त प्रतियोगितामा प्रतिष्पर्धा गर्ने छन् ।

छात्र, छात्राका छुट्टाछुट्टै विद्यामा प्रतिष्पर्धा हुने बुटवल नगर खेलकुंद विकास समितिका संयोजक वोनिन पियाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, ट्याक, रिले, भलिवल, कवड्डी, करांते, तेक्वान्दो लगायतका खेलमा विद्यार्थीवीच प्रतिष्पर्धा हुने छ । खेल प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २५ हजार, द्वितिय हुने विद्यालयलाई १७ हजार ५ सय र तितृय हुने विद्यालयलाई १० हजार नगद र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा कालिका मानवज्ञान माध्यमिक विद्यालयले पीटी प्रदर्शन गर्ने छ, भने नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विल्द्यालयले बहुसांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । मार्चपासमा उत्कृष्ट प्रथम, द्वितिय र तृतिय हुने विद्यालयलाई क्रमस १० हजार ५ हजार र २५ सय नगदसहित ट्रफी र प्रमाण पत्रले सम्मान गरिने नगर खेलकुंद विकास समितिका संयोजक वोनिन पियाले बताए ।

सोही पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिकाकाम मेयर खेलराज पाण्डेयले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई स्थानीय सरकारले प्रोत्सान गर्ने बताए । बुटवलमा हुने पांचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता देशरभरको प्रतियोगिता हो भन्ने झल्को दिने गरी सम्पन्न गर्न आग्रह गरेका छन् ।
पांचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितापछि बुटवलमा अन्तर्राष्ट्रिय स्तरको चेस प्रतियोगिता आयोजना गर्ने योजना रहेको मेयर खेलराज पाण्डेयले जानकारी गराए ।