बुटवलमा पांचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बुटवल, माघ ४ गते । रुपन्देहीको बुटवलमा पांचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु भएको छ । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगिता ६ गतेसम्म सञ्चालन हुने छ । बुटवल उपमहानगरपालिका नगर खेलकुंद विकास समतिको आयोजनामा देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा प्रतियोगिता शुरु भएको छ ।

तीन दिनसम चल्ने उक्त प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् । त्यस अवसरमा बोल्दे नगर प्रमुख पाण्डेयले खेल क्षेत्रको विकासका लागि बुटवलको स्थानीय सरकारले सहयोग गर्ने बताउंदै खेलको माध्यामबा पनि बुटवललाई चिनाउन सकिने बताए ।

बुटवल नगर खेलकुंद विकास समतिका अध्यक्ष वोनिन पियाको अध्यक्षता र शिक्षक प्रेमबहादुर बस्नेतको सञ्चालनमा भएको उद्घाटन कार्यक्रम भएको हो । उक्त उद्घाटन कार्यक्रममा स्वागत गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावीत्रादेवी अर्यालले खेल क्षेत्रको विकासले समग्र क्षेत्रको विकासलाई प्रभाव पार्ने बताउंदै यो प्रतियोगिताले खेल्नका लागि विद्यार्थीलाई प्रोत्सान गर्ने बताईन ।

प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका सामूदायिक र संस्थागत विद्यालयको सहभागिता रहेको छ ।सामूदायिक विद्यालय २१ र संस्थागत विद्यालय २१ गरी ४२ वटा विद्यालयमा अध्यनरत विभिन्न विद्याका खेलमा १४ सय २२ जना विद्यार्थीले उक्त प्रतियोगितामा प्रतिष्पर्धा गर्ने छन् । छात्र, छात्राका छुट्टाछुट्टै विद्यामा प्रतिष्पर्धा हुने बुटवल नगर खेलकुंद विकास समितिका संयोजक वोनिन पियाले बताए ।

फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, ट्याक, रिले, भलिवल, कवड्डी, करांते, तेक्वान्दो लगायतका खेलमा विद्यार्थीवीच प्रतिष्पर्धा हुने छ । खेल प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २५ हजार, द्वितिय हुने विद्यालयलाई १७ हजार ५ सय र तितृय हुने विद्यालयलाई १० हजार नगद र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीले पिटी प्रदर्शन गरेका थिए । नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विल्द्यालयले बहुसांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीले आआफ्नो कला प्रदर्शन गरेका थिए ।

मार्चपासमा उत्कृष्ट प्रथम, द्वितिय र तृतिय हुने विद्यालयलाई क्रमस १० हजार ५ हजार र २५ सय नगदसहित ट्रफी र प्रमाण पत्रले सम्मान गरिने नगर खेलकुंद विकास समितिका संयोजक वोनिन पियाले जानकारी गराए ।