रुपन्देही व्यापार संघको पहिलो बैठक

१७ सदस्यीय सल्लाहाकार समिति गठन

बुटवल।
रुपन्देही व्यापार संघको यहि माघ ५ गते सम्पन्न २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो पूर्ण वैठक संघको कार्यालयमा सम्पन्न भएको छ ।
संघको पहिलो वैठकले संघको सल्लाहाकार समिति, कार्य समितिमा सदस्य मनोनित एवं विभिन्न निर्णय गरेको महासचिव फर्सुराम पन्तले बताउनु भयो । महासचिव पन्तका अनुसार बैठकले संघको सल्लाहाकारमा आनन्द प्रसाद रेग्मी, जोगलाल विश्वकर्मा, माधव नेपाल, तुल्सीराम वञ्जाडे, रणबहादुर खनाल, खिमानन्द पोखरेल, सूर्य बहादुर भट्टराई, तेजप्रसाद सुनार, गोविन्द घिमिरे, वजिर मिया, हरिप्रसाद पोखरेल, बैकुण्ठ कोइराला, फणिराज उपाध्याय चयन गरेको छ ।
त्यसैगरि संघको कानुनी सल्लाहाकारमा अधिवक्ता लेखनाथ ढकाल, प्राविधिक सल्लाकारमा इ.ज्ञानप्रसाद अर्याल, आर्थिक सल्लाहाकारमा नारायण घिमिरे तथा प्रेस सल्लाहाकारमा सुमन अधिकारी चयन हुनु भएको छ ।
बैठकले विधान अनुसार कार्य समिति सदस्यमा शम्भुलाल श्रेष्ठ, पूर्ण बहादुर ज्ञवाली, सरोज गहतराज र मानार्थ सदस्यमा ऋषिराम पाण्डे मनोनयन गरेको छ ।
बैठकमा संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघको गरिमा र लक्ष्यमा आँच आउने कुनै पनि काम हामी कसैले गर्न नहुने बताउदै संघले व्यवसायीक हितमा विगतका दिनमा चालेका कदमभन्दा अझ नया ढंगले अगाडी बढ्न आग्रह गर्नु भयो । घिमिरेले निर्वाचनका क्रममा आएका तिक्तताहरुलाई विर्सेर संघको विधान र उद्देश्य अनुसार सबैलाई समेटेर जान अनुरोध गर्नु भएको थियो ।
बैठकमा अध्यक्ष दिपक प्रसाद अधिकारीले आफ्नो नेतृत्वमा रहेको वर्तमान कार्यसमितिले संघको विधान, उद्देश्य र लक्ष्यलाई कहिल्यै नविर्सने प्रतिवद्धता व्यक्त गर्दै सबैलाई धन्यवाद दिनु भयो । बैठक संघका अध्यक्ष दिपक प्रसाद अधिकारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको स्वागत तथा महासचिव फर्सुराम पन्तको सञ्चालनमा भएको थियो ।