लालटिनको रक्तदानमा ७० युनिट रगत संकलन

बुटवल, माघ २० गते । बुटवलको लालटिन सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा सञ्चालित लालटिन बहुउद्वेश्य सहकारीले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।


२३ औं नियमित खुल्ला रक्तदान कार्यक्रमबाट ७० युनिट रगत संकलन गरिएको लालटिन सहकारीका अध्यक्ष गंगालाल सापकोटाले जानकारी गराए । सहकारीले स्थापना कालदेखि नै नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।


रगतको अभाव हुन नदिने उद्वेश्यले नियमिति रुपमा खुल्ला रक्तदान कार्यक्रम गरिदै आएको कार्यक्रम संयोजक पुष्पा न्यौपाने शर्माले बताइन ।

रगतको अभाव हुन नदिनका लागि लालटिन सहकारीले अब युवाहरुलाई लक्षित गरी रक्तदान कार्यक्रम आयोजना गर्ने सहकारी सञ्चालक विनोद परियारले बताए ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।