स्थानीय सरकारलाई पशुस्वास्थ्य भवन हस्तान्तरण

 

बुटवल, भदौ १५ ।
रुपन्देहीको कञ्चन गाउंपालिका र कपिलवस्तुको वाणगंगा नगरपालिकामा पशु सेवा शाखा भवन बनाइएको छ । कृषि अन्तर्गत पशुसेवाका लागि बनाइएका भवन स्थानीय तहलाई हस्तान्त्रा गरिएको छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसनको आयोजनाको आर्थिक तथा प्राबिधिक सहयोग र बिकेन्द्रित आयोजना सहयोग इकाइ बुटबलको समन्बयमा निर्माण गरिएका पशुसेवा भवनहरु स्थानीय तहलाई हस्तानत्रा गरिएको हो ।  पशुपंक्षीको क्षेत्रमा लागेका किसानहरुलाई पशुस्वास्थ्य सेवा सुविदा दिनका लागि भवन बनाएर स्थानीय तहहरुलाई बुझाइएको पशुचिकित्सक एवं अनुगमन मुल्याकंन अधिकृत लोकराज भुसालले जानकारी गराए । रुपन्देहीको कञ्चन गाउंपालिकामा र कपिलवस्तुको वाणगंगामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी शनिबार स्थानीय तहका प्रमुखहरुलाई भवन हस्तान्त्रा गरिएको हो ।

आयोजनाका बरिष्ठ योजना अधिकृत बिश्वनाथ गौतमले स्थानीय तहका प्रमुखहरुलाई पशुसेवा शाखा भवनको चापी हस्तान्त्रा गर्दै पशु स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन आग्रह गरे ।

नवनिर्मित पशुसेवा शाखा भवनको चापी बुझ्दै कञ्चन गाउंपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीले गाईभैसी तथा बाख्रा पालनमा लागेका किसनाहरुका लागि पशुसेवा कार्यालयको भवनबाट थप सेवा दिन सकिने बताए । उनले अब कञ्चन गाउंपालिकालाई पशुपालनबाट आत्मनिर्भर बनाउने गरी व्यवसायीक रुपमा पशुपालनको क्षेत्रमा लाग्न किसानहरुलाई आग्रह गर्नुभयो । त्यस्तै कपिलवस्तु वाडगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारुले समयको माग अनुसार कृषि तथा पशुपंक्षी व्यवसायलाई बैज्ञानिक प्रविधिको प्रयोग गरी व्यवसायीक करण गर्नुपर्नेमा जोड दिए । वाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले पशुसेवा शाखा कार्यालयको भवनबाट पशु स्वास्थ्य सेवा सञ्चालन गरेर किसानहरुको हौसला बढाउन सकिने बताए ।

कार्यक्रंममा कपिलवस्तु जिल्लास्तरीय दुग्ध उत्पादक सहकारी सञ्जालका संयोजक राधेश्याम न्यौपाने, आयोजना समन्बय प्रमुख डा. पुरुसोत्तम त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत बासु खनाल, पशुसेबा शाखआ प्रमुख राज कुमार तिबारिले नव निर्मित पशुसेवा शाखा भवनबाट प्राबिधिक सेबालाइ ब्यबस्थित गर्न निकै मद्दत पुग्ने बताए । रुपन्देहीको कञ्चन र कपिलवस्तुको वाणगंगामा दुइवटा पशुसेवा भवन बनाउन २ करोड ४० लाख लगानी गरिएको नेपाल लाइभस्टक सेक्टर इनोभेसनको आयोजनाले जानकारी गराएको छ ।

आयोजनाका बरिष्ठ योजना अधिकृत बिश्वनाथ गौतमको अध्यक्षता र गाउंपालिका प्रमुखहरुको आतिथ्यामा भएको कार्यक्रममा आयोजना समन्बय प्रमुख डा.पुरुषोत्तम त्रिपाठीले पशुस्वास्थ्य सेवा दिएपछि कृषि अन्तर्गत पर्ने पशुपंक्षीको उत्पादनमा बृद्विहुने र गाउंगाउंबाट देशलाई आत्मनिर्भर बनाउन सकिने बताए ।

कार्यक्रममा कञ्चन गाउंपालिकाकी उपाध्यक्ष गोमा तरामु, प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर केसी, पशुसेवा शाखा प्रमुख धुर्व ज्ञवाली, भास्कर घिमिरे लगायतले पशु स्वास्थ्य सेवाका लागि भवन बनाइ दिएकोप्रति खुशी व्यक्त गर्दै धन्यबाद ज्ञापन गरे । पशुचिकित्सक एवं अनुगमन मुल्याकंत अधिकृत लोकराज भुसालले पशु स्वास्थ्य सेवाबारे सहजीकरा गरेका थिए । त्यस्तै पाल्पाको तिनाउ गाउ्रंपालिकामा पनि पशुसेवा शाखा कार्यालयको भवन स्थानीय तहलाई हस्तान्त्रण गरिएको छ ।