रुपन्देहीको देवदहमा क्लोथ बैंक सञ्चालन

बुटवल, माघ २४ गते । रुपन्देहीको देवदहमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। देवदह नगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपालबीच क्लोथ बैंक सञ्चालन गर्ने सक्झौतासमेत भएको छ ।

क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, देवदह नगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख धुर्बप्रसाद खरेलले बताए ।
मानव सेवाको लागि पुरानो कपडालाइ पुनः प्रयोग भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले नगर बासीको हितहुने नगर प्रमुख खरेलले विश्वास ब्यक्त गरे ।

नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले यो अभियानले देवदह  नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्वता जनाइन ।

रुपन्देहीमा पहिलो पटक सबैलाई पाएक पर्ने स्थानहरुमा सुरु गर्न लागेको क्लोथ बैंकमा आफ्नो घरमा भएका पुराना कपडा हुनेहरूले दान गर्न सक्ने छन्, भने आवश्यक पर्नेहरुले निःशुल्क लिन सकिने भएको छ ।
क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना छ ।
अहिलेसम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएको अभियानकर्ता कमल जीसीले जानकारी गराए ।