अर्घाखाँचीमा हायस दुर्घटना एकको मृत्यु, ८ घाइते

 

 

बुटवल १९ भदौ/
अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-३ ठाडामा हायस गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

काठमाण्डौबाट अर्घाखाँचीको सन्धिखर्क जादै गरेको बा ३ ख ८६३९ नम्बरको हायस आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा भूमिकास्थान(९ ढिकुराका सञ्जय विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिनुभयो । बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको उनले बताए ।
घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ ।