व्यापार संघमा औषधि र सर्जिकल वस्तुगत उपसमिति गठन

 

 

 

बुटवल ।
रुपन्देही व्यापार संघमा आबद्ध औषधि तथा सर्जिकल व्यावसायीहरुको वृहत भेलाले औषधि तथा सर्जिकल वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको भेलाले औषधि वस्तुगत उपसमितिको पुनगर्ठन एबम सर्जिकल तथा केमिकल वस्तुगत उपसमितिको गठन गरेको हो ।

भेलाले कपिल ज्ञवालीको संयोजकत्वमा ११ सदस्यीय औषधि वस्तुगत उपसमिति गठन गरेको छ भने दिपक खनालको संयोजकत्वमा ९ सदस्यीय सर्जिकल वस्तुगत उपसमिति गठन गरेको छ । औषधि वस्तुगत उपसमितिको सह–संयोजकमा राजकुमार श्रेष्ठ, सचिवमा निर्मला पैनी, सह–सचिवमा प्रकाश क्षेत्री, कोषाध्यक्षमा सरस्वती पराजुली, सदस्यहरुमा अमृता भण्डारी, ज्ञानु पुन, प्रेमप्रसाद शर्मा, लेखनाथ न्यौपाने, शेषकान्त पोखरेल, भक्त शर्मा र सल्लाहकारमा बैकुण्ठप्रसाद कोइराला, सुरज भट्टराई, नारायणबहादुर थापा, खगेश्वर भण्डारी, शिव घिमिरे र बाबुराम खनाल रहेका छन् भने सर्जिकल वस्तुगत उपसमितिको सह संयोजक किशन पाण्डे, सचिवमा लक्ष्मण भट्टराई, कोषाध्यक्षमा विष्णु ज्ञवाली, सदस्यहरुमा राजीव गौतम, सुनिल बेल्वासे, सुरेश पन्थी, ढुण्डीराज भण्डारी, रविन कु“वर, सल्लाहकारहरुमा बाबुराम भण्डारी, तेजेन्द्र सापकोटा र विष्णु भण्डारी रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथि संघका कावा अध्यक्ष प्रकाश ढकालले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवारी भएर पेशा व्यवसाय संचालन गर्न आग्रह गर्दै व्यवसायको सफलताको समेत शुभकामना दिनुभएको थियो । यस्तै भेलामा संघका प्रथम उपाध्यक्ष दयानिधि भण्डारी, द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, महासचिव फर्शुराम पन्त, कोषाध्यक्ष मणि खनाल, सह–कोषाध्यक्ष अर्जुन भट्टराई, सह–सचिव प्रकाश पौडेल, कार्यसमिति सदस्य केदार नेपाल, वृन्दा भट्टराई, तिलक आचार्य लगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा बताउनुभएको थियो ।

कार्यक्रममा नव निर्वाचित संयोजक कपिल ज्ञवाली र दिपक खनालले आफ्नो कार्यकालमा गरिने गतिविधि सहित प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम औषधि तथा सर्जिकल वस्तुगत उपसमितिका संयोजक केदार नेपालको अध्यक्षता एवं सचिव कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो । संघमा हाल २०० भन्दा बढि औषधि तथा सर्जिकल व्यावसायीहरु आबद्ध रहेका छन् ।