भुकम्प पिडित राहात कोषमा ढुवानी व्यवसायी समितिद्वारा राहात रकम प्रदान

बुटवल, २१ फागुन ।
ढुवानी व्यवसायी समिति, रुपन्देहीले जाजरकोट भूकम्प राहात कोषमा राहात स्वरुप १ लाख १ हजार १ सय ११ रुपैया रकम जम्मा गरेको छ ।
समितिले सो रकम कर्णाली प्रदेश लेखा नियन्त्रण कार्यालय विपद व्यवस्थापन कोषको विविध खातामा जम्मा हुने गरि कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री कृष्ण बहादुर जिसीलाई चेक हस्तान्तरण गरेको समितिका महासचिव कमलराज ढुङ्गानाले जानकारी दिनु भयो ।


समितिका अध्यक्ष जीतबहादुर भाटको नेतृत्वमा समितिका पूर्व अध्यक्षहरु माधव नेपाल, कमल घिमिरे, महासचिव कमलराज ढुङ्गानाको टोलीले सुर्खेत पुगेर सो रकम हस्तान्तरण गरेको हो ।
सो अवसरमा समितिका समितिका अध्यक्ष जीतबहादुर भाटले व्यवसायीक हकहितका लागि खोलिएको संस्थाले सामाजिक उत्दायीत्व अन्तरगत भुकम्प पिडीतहरुका लागी राहात स्वरुप व्यवसायीहरुबाट संकलन गरेको रकम बोकेर कर्णाली प्रदेश आएको बताउनु भयो ।
समितीका पूर्व अध्यक्ष माधव नेपालले समाजमा घट्ने विपदमा ढुवानी व्यवसायीहरु सधै सहयोगको हात बढाउन पछि नपर्ने बताउदै राहात सहि स्थानमा सदुपयोग हुने विश्वास व्यक्त गर्नु भयो ।


अर्का अध्यक्ष कमल घिमिरेले ढुवानी व्यवसायीहरु पनि समाजसंग जोडिएर आफ्नो व्यवसाय सञ्चालन गर्ने भएको हुदा समाजप्रतिको दायित्वलाई सधै प्राथमिकतामा राख्दै आएको जिकिर गर्नु भयो ।
सो अवसरमा राहात रकम बुझ्दै प्रदेशका आन्तरिक मामिला मन्त्री कृष्ण बहादुर जिसीले भुकम्प पिडीतहरुको पिडामा सहयोग पु¥याउन प्रदान गरिएको राहात रकमलाई पिडितको हातसम्म पुग्ने व्यवस्था प्रदेश सरकारले गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।