बुटवलमा डेल्टा अटोकर्पको शोरुम, गैरे अटोमोवाईल्सबाट बिक्री शुरु

बुटवल, फागुन २९ गते । नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले बुटवलको कालिकानगरमा नयां शोरुम सञ्चालन गरी विक्री शुरु भएको छ । गैरे अटोमोवाईल्र्सले मोटरसाईकल बिक्री शुरु गरेको हो । बुटवल क्षेत्रमा भेष्पा अप्रिलिया स्कुटरको माग बढेपछि नयां डिलरसिप सुरु गरिएको कम्पनीले बताएको छ ।

नयां शोरुमको डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतो र गैरे अटोमोवाईल्र्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले संयुक्त रुपमा मंगलबार शुभारम्भ गरेका हुन् । बुटवल क्षेत्रमा स्कुटीको माग बढेपछि व्यवसाय शुरु गरिएको डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले बताए । नयां शोरुमबाट स्कुटरको सेल्स, सर्भिस, स्पेयर्स, एक्सचेन्जका साथै फाईनान्सको सुविधा पनि रहेको उनले बताए ।

गैरे अटोमोवाईल्र्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले वजारमा माग बढेपपिछे नयां शोरुम संचालन गरी बिक्री गर्न थालिएको जानकारी गराए ।
शुभारम्भको अवसरमा कम्पनीबाट प्रतिस्कुटरमा नगद १० हजार छुट र एक थान हेलमेट प्रदान गरिने प्रतिष्ठानका वरिष्ठ प्रबन्धक धु्रव सापकोटाले जानकारी गराए । युवायुवती भेष्पा अप्रिलिया स्कुटरप्रति आर्कषित छन् ।