शिवराज कृषि सहकारीमा प्रशिक्षण

कपिलवस्तु, चैत २ गते । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मा रहेको शिवराज कृषि सहकारीले सहकारीको ऐन तथा नियमावलीबारे प्रशिक्षण दिएको छ । सहकारीले सहकारीका कार्यसमिति, लेखा समिति, ऋण समिति, सल्लाकार समितिसहित पदाधिकारीहरुलाई प्रशिक्षिक्षण दिएको हो ।

प्रशिक्षक शिवराज सुवेदीले सहकारी ऐन २०७४ नियमावली २०७५ बारेमा प्रशिक्षण दिएका थिए । सहकारीका सात सिद्धान्त, सहकारीका मूल्य, मान्यता र सहकारीको प्रकारको बारेमा प्रशिक्षण दिएका हुन् ।

सहकारी संस्थाका अध्यक्ष केरसिंह अदैले संस्थाको विनियममा भएको प्रावधान, संस्थाको नियम, कार्य व्यवस्था, कोष विभाजन बारेमा जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष केरसिंह अदैको अध्यक्षता, श्याम खनालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा चेटनारायण खनालले उपस्थितलाई धन्यबाद दिएका थिए ।