एभरेष्ट भलिवल क्लब विजयी

बुटवल, चैत १० गते । एभरेष्ट भलिवल क्लब, बुटवल विभागिय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै महिलातर्फ विजेता बन्न सफल भएको छ ।
काठमाडौंमा आयोजित आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगितामा लुम्बिनीको प्रतिनिधित्व गर्दै सहभागी बुटवलको एभरेष्ट भलिवल क्लब विजयी भएको हो ।