मदन भण्डारीको स्मृतिमा बुटवलमा दौड प्रतियोगिता

बुटवल,बैशाख १० गते । तत्कालिन एमालेका महासचिव स्व. मदन भण्डारकिो स्मृतिमा रुपन्देहकिो बुटवलमा राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुंदै छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले स्व. मदन भण्डारकिो ३१ औं स्मृति दिवसको अवसर पारेर जेठ ३ गते दौड प्रतियोगिता आयोजना गरेको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले आगमी जेठ ३ गते रुपन्देहीको बुटवलमा दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी एकेडेमीले जानकारी गराएको छ ।

सबैका लागि खेलकुंद भन्ने नाराका साथ बालकदेखि वृद्वासम्मको दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको मदन भण्डारी स्पोर्टस एकेडेमी अध्यक्ष धुर्व आचार्यले जानकारी गराएका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ३९ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी गराउनुभयो ।

एक दिने उक्त प्रतियोगितामा खुल्ला पुरुष अन्तरगत २१ किलोमिटर हाफ म्याराथन, कलेज स्तरीय पुरुष १० किलोमिटर, विद्यालय स्तरीय छात्र ३ किलोमिटर, विद्यालय स्तरीय छात्रा १ सय मिटर र ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिककावीच पनि प्रतियोगिता हुने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख, द्वितिय पुरुसकार ७५ हजार, तृतिय पुरस्कार ५० हजार, चौथौ पुरस्कार ३० हजार, पांचौ पुरस्कार २० हजार र छैटौ पुरस्कार १० हजार रहेको छ । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने प्रतिगोगिताका संयोजक मोहनबहादुर घलेले जानकारी गराए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले ओलपियन धावक बैकुण्ठ मानन्धरलाई औषधीका लागि मासिक ४ हजार उपलब्ध गराउने निर्णय गरेको एकेडेमीका अध्यक्ष धुर्व आचार्यले जानकारी गराएका छन् ।