स्थानियको अवरोधले ढुवानीग्राममा गाडी राकिए

बाटो निमार्णमा उपमहानगरपालिकाको ढिलासुस्ती

 

 

बुटवल ।
तत्काल बाटो निमार्ण गर्न माग गर्दै स्थानियवासीहरुले बुटवल उपमहानगरपालिका वडा नं. १२ ढवाहामा सञ्चालित ढुवानीग्राममा जानेआउने मालवहाक सवारी साधन चल्न रोकेका छन् । स्थानियवासीहरुको अवरोधपछि ट्रान्सपोर्ट व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरि ढुवानीग्रामको चावी उपमहानगरपालिकालाई बुझाउने अवस्था आएको बताएका छन् ।
उपमहानगरपालिकाले पूर्वपश्चिम राजमार्गबाट ढुवानी ग्राम जाने बाटो समयमा निमार्ण नगर्दा त्यसबाट स्थानियवासीहरुले लामो समयदेखि हिलो धुलो खानु परेको तथा ठूला गाडीहरु आवतजावत गर्ने निश्चित बाटो नबनाउदा दुर्घटनाको जोखिम बढेको भन्दै ३ दिनदेखि गाडी चल्न रोकेको व्यवसायीहरुले बताएका छन् । स्थानियवासीहरुले नयाँगाउबाट ढुवानीग्राम जाने मुख्य बाटोमा गाडी रोकेपछि सामान लिएर आएका र लिएर जाने गाडी चल्न पाएका छैनन । त्यस बारेमा वडा तथा उपमहानगरपालिकालाई जानकारी गराउदा सुनुवाई नभएको व्यवसायीहरुको भनाई छ । स्थानियवासीले पटकपटक गाडीहरु रोक्ने गरेको भन्दै ढुवानी व्यवसायीले त्यसको स्थायी समाधान ननिकाले व्यवसाय बन्द गर्न बाध्य हुने बताएका छन् ।
ढुवानी ब्यवसायी समिति रुपन्देहीको पहलमा बुटवल उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालिले सार्वजनिक नीजि साझेदारीमा करीब ३० करोड रुपैया लागतमा ढुवानीग्राम दुई वर्षअघिदेखी संचालनमा आएको हो । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको वडा नं १२ ढवाहामा ३ विगाहा क्षेत्रफलमा ढुवानीग्रामको पुर्वाधार तयार भएको छ । यसमा ब्यवसायीहरुको साढे १२ करोड लगानी भएको छ । बजारमा छरिएर रहेको ढुवानी ब्यवसायीहरुलाई ब्यवस्थित गरि एकै स्थानबाट सेवा प्रवाह गर्ने उदेश्यका साथ संचालन भएको बुटवल पवित्र ढुवानी ग्राम देशकै नमुना बनेको छ ।
बुटवल उपमहानगरपालिकासंगको सम्झौतामा ढुवानीग्रामको प्रवेश मार्गको निमार्ण, विद्युत तथा खानेपानी र ग्रामभित्रको वाटो एवं भौतिक निमार्णको काम बुटवल उपमहानगरपालिकाले गर्ने रहेको छ । तर बुटवल उपमहानगरपालिकाले प्रवेश मार्गको निमार्ण नगरिदिदा व्यवसायीहरुले स्थानियवासीको विरोध खेप्नु परिरहेको छ । स्थानियवासीले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा उनीहरुले ग्राममा जाने गाडीहरु रोकेका छन् । त्यसबाट सामान ओसारपसारमा समस्या भएको रुपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरेले बताउनु भयो ।
स्थानियवासीहरुको समस्या र मागहरुका बारेमा पटक पटक वडा तथा उपमहानगरपालिकालाई जानकारी गराएको र त्यसको समाधान गर्न आग्रह गरिएको भएपनि सुनुवाई नभएको अध्यक्ष घिमिरेको भनाई छ ।
ढुवानी व्यवसायी समिति, रुपन्देहीका अध्यक्ष जीत बहादुर भाटले सम्झौता अनुसारमा काम नहुदा आफुहरुले निकै दुःख पाएको बताउदै स्थानियवासीको माग तत्काल सम्बोधन गरेर व्यवसाय सहज सञ्चालन गर्ने बातावरण बनाउन आग्रह गर्नु भएको छ ।
ढुवानीग्राममा ४९ वटा सेडहरु छन । ब्यवसायीहरुको सुविधाका लागि सेडमा सामानहरु अनलोड गर्ने, स्टोर कक्षहरु, कार्यालय कक्ष निमार्ण भएका छन । ढुवानीग्राममा साना ग्यारेजदेखी प्राथमिक उपचार कक्षसम्म निमार्ण भएका छन । यो बुथ मोडेलको ढुवानीग्राम हो । जहा विद्युत, खानेपानी, स्नानघर, शौचालय, बिश्राम कक्ष, सुचना, सुरक्षागार्ड कक्षहरु समेत छन । यहाबाट देशभर रहेक स्थानमा सामान ढुवानी हुदै आएको छ ।
रुपन्देही परिवहन प्राली गठन गरि बुटवल उपमहानगर पालिकासंगको सहकार्यमा निमार्ण भएको ढुवानीग्रामको ब्यवस्थापनको लागि १५ वर्षे सम्झौता भएको छ । भौतिक निमार्ण र बाटो व्यवस्थापनको काम पुरा नहुदै तत्कालिन उपमहानगरपालिकाले सञ्चालन गर्न दवाव दिएर वजारमा रहेका ढुवानी व्यवसायीहरुलाई त्यहा लगिएको थियो । संचालनमा आएको ढुवानीग्राम भित्र सडक पिच, नाला निमार्ण, सौन्दयीकरणका काम अझै बाकि नै छ भने सामान लिएर जाने पहुँच मार्ग लथालिङ अवस्थामा रहेको छ । उपमहानगरपालिकाले बाटो निमार्ण गर्ने भने बाटो खनेको छ तर ठेकेदार आर्थिक अभाव बताउदै काम रोकेको छ ।
ढुवानी ग्रामको निमार्णले ढुवानी ब्यवसायीहरुलाई ब्यवस्थितमात्र नगरि बजार क्षेत्रको ट्राफिक व्यवस्थान, ठुला र भारबहन ढुवानीका सवारीको आवातजावतले अस्तब्यस्तता, ट्राफिक जाम गरेको छ । दैनिक ३ सय सवारी आवतजावत हुदै आएको ढुवानीग्राममा मजदुर, कर्मचारी, सवारीचालक, सहचालकहरु गरि करीब एक हजार जनाले रोजगार पाएका छन । ब्यवस्थित नगर बनाउने विकासको यो मोडल अन्य शहरले पनि अनुशरण गर्न थालेका छन् तर त्यहिका व्यवसायीले समस्या झेल्नु परिरहेको छ ।