नवज्योतीका राहुल थापा स्वर्ण पदक जित्न सफल

बुटवल, बैशाख ३१ गते । रोल्पामा भएको २३ आंै आइ टी एफ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेशले तृतिय स्थान हाशिल गर्न सफल भएको छ। जसमा ५,स्वर्ण ४ रजत र ५ कास्य पदक गरी जम्मा १४ मेडल हात पार्न सफल भएको छ ।

प्रथम स्थान हुन सफल गण्डकी प्रदेशले ९ स्वर्ण र ५ रजत हात पारेको थियो । दोस्रो स्थान सफल हुने ए.पि.एफ पुलिसले ८ स्वर्ण ४ रजत र ६ कास्य हात पारेको छ भने आयोजकले ३६हात पारी चौथो भएको छ। सो प्रतियोगितामा सात प्रदेश र बिभागिय टिम र आयोजकले सहभागिता जनाएको थियो। स्मरण रहोस् ।

सो प्रतियोगितामा नवज्योति ईङ्लिस बोर्डिङ स्कुलका कक्षा १२ मा अध्यनरत छात्र राहुल थापाले ५० केजी तौल समुहमा स्वर्ण पदक हात पार्न सफल भएका थिए ।