सानिमा रिलायन्सद्दारा घातक रोगको बिमा दावी भुक्तानी

बुटवल, जेठ ८ गते । सानिमा रिलायन्स ईन्सोरेन्स कम्पनीले बुटवलमा बैदेशिक रोजगारी म्यादी जीवन बिमा बापतको घातक रोगको बिमा दाबी भुक्तानी गरेको छ । मंगलबार कम्पनिका प्रदेश प्रमुख इन्द्र विश्वकर्माले ४ लाख ७५ हजार २ सय ४६ रुपैंयाको चेक दाबीकर्ता बिमित बुटवलका शंकरप्रशाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन ।

सो अवशरमा बोल्दै प्रदेश प्रमुख ईन्द्र बिश्वकर्मा र एमडिआरटि मानबहादुर कुँवर, बुटवल ब्रान्च म्यानेजर प्रेम आचार्य, एजेन्सी म्यानेजर विनोद खनालले जीवनको सुरक्षा, भवितब्य ब्यबस्थापन एवं अशक्तताको सुरक्षाका लागि बिमा जरुरी रहेको औंल्याएका थिए । साथै समाजमा अझै बिमा शिक्षाको आवश्यकता रहेको र छिटो छरितो सेवा एवं दावी भुक्तानीमा कम्पनिले सहजढंगले भुमिका खेल्ने गरेको बताएका थिए ।

यस्तै बिमित शंकर न्यौपानेले यसरी बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिंदा गरिने म्यादी जीवन बिमा गर्दा घातक रोगको उपचारमा पनि कम्पनिले सहज ढंगले राहत प्रदान गरेकोमा खुसी ब्यक्त गरेका थिए । उनले यसवारेमा धेरै मानिसलाई जानकारी नभएकाले पनि सुबिधाबाट बन्चित रहेका हुँदा कम्पनिलाई प्रचारप्रसारमा जोड दिन आग्रह गर्दै आँफुले पनि पहल गर्ने बताएका थिए ।

बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिंदा गरिने म्यादी जीवन बिमा गर्दा बिमितले दुर्घटना बापत रु. १० लाख र घातकरोग बापत रु. ५ लाख सम्मको सुबिधा पाउने गर्छन । न्यौपानेले बैदेशिक रोजगारीका लागि कतार जाँदा श्रम स्वीकृति लिएका थिए जसमा सानिमा रिलायन्स कम्पनिको म्यादी जीवन बिमा गरेबापत उनले सो सुविधा लिएका हुन । उनले कतारमा रहँदा ओपन हर्ट शल्यक्रिया मार्फत मुटुको भल्व परिवर्तन गरेका थिए ।