नवलपरासीमा मुद्रण व्यवसायीहरुको भेला सम्पन्न

 

 

बुटवल/मुद्रण व्यवसायी संघ, नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को प्रथम भेला भुमहिमा सम्पन्न भएको छ । भेलाले नया नेतृत्व सर्वसम्मत चयन गर्दै विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
जिल्लाभर रहेका मुद्रण व्यवसायीहरुको उपश्थितीमा भएको भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुद्रण व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले मुद्रण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनका लागि व्यवसायमा रहेको विकृति र अस्वश्थ प्रतिष्पर्धाको अन्त्य गर्न आग्रह गर्नु भयो । उहाले मुद्रण व्यवसायमा नीतगत र व्यवहारिक समस्याहरु रहेको उल्लेख गर्दै त्यसको समयमा पहिचान गरि समाधानतर्फ लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।
भेला आयोजक समितिका संयोजक तथा प्रदेश सदस्य सोमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका उपाध्यक्ष घनश्याम घिमिरे, पत्रकार सुमन अधिकारी, प्रदेश सदस्य निर्मल अर्याल लगायत बोल्नु भएको थियो । कार्यक्रममा स्वागत लिलाहरि पौडेलले गर्नु भएको थियो ।


भेला राजकुमार उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसमा उपाध्यक्ष संजय हरिजन, सचिव लिलाहरि पौडेल, सहसचिव सोमनारायण चौधरी र कोषाध्यक्ष गोपाल सुनार रहेका छन् । सदस्यहरुमा दिलेन्द्र कुमार चौधरी, अनिस यादव, सूर्यप्रताव यादव, चन्द्रभान हरिजन र राजेश शर्मा चयन भएका छन् ।
भेलाले जिल्लामा रहेको छपाईको काम जिल्ला बाहिर जानबाट रोक्ने, सिमााट हुने अबैध छपाईको काम नियन्त्रण गर्ने तथा कामदारहरुको समस्यालाई आपसी सहयोगमा समाधान गर्नेतर्फ पहल गर्ने निर्णय गरेको छ ।