डेंगी परिक्षणमा वडाध्यक्ष नै ठगिएपछि…

बुटवल, ९ भदौ । भरपर्दो र विश्वासिलो रुपमा परिचित हुँदै आएको नेशनल प्याथ ल्याब बुटवलमा डेंगी परिक्षणका लागि पुगेका बुटवल उपमहानगरपालिका वडा न-१० का वडाध्यक्ष नै ठगिएको गुनासो आएको छ ।

देशका ७७ वटै जिल्लाहरुमा डेंगीका विरामीहरु महामारीरुपमा बढ्दै गएपछि सर्वसाधारणहरुलाई सहुलियत होस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ ५ गते सरकारी, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरुको प्रतिनिधिहरुको बैठक बसी डेंगी परिक्षण गरेबापत पाँच सय रुपैयाँ लिनुपर्ने निर्णय भएको उक्त बैठकमा भएका निर्णयसहितको पत्रलाई जिल्लाका १६ वटै पालिकाहरुलाई परिपत्र गरिसकेको भएपनि शनिवार बुटवल उपमहानगर-१० का वडाध्यक्ष बल बहादुर पुनलाई परिक्षणमा १ हजार दुई सय लिइएपछि सिडियो कार्यालयमा भएको निर्णय विपरीत शुल्क लिइएको हाम्रा कुरालाई प्राप्त बिलमा उल्लेख छ ।

 

नेशनल प्याथ ल्याबका सेवाग्राही बन्न पुगेका वडाध्यक्ष पुनले भने- म शनिवार ५ बजेर ५७ मिनेटमा गएको थिए । हप्ता दिनसम्म ज्वरो आएर औषधि सेवन गरेपछि कमजोरीपन थियो, डेंगीको शंका लागेर परिक्षण गर्न गएको शुल्क एक हजार दुईसय लिँदा मैले जिल्ला प्रशासन कार्यालयमा भएको निर्णयबारे त्यहाँका दुई जना महिला कर्मचारीलाई बुझाउँदा पनि उहाँहरुले मेरो कुरा सुन्नु भएन । “उनले थपे- हामीजस्तो जनप्रतिनिधि नै ठगिन्छौं र नियम बारे जानकारी गराउँदासमेत कुनै सुनुवाइ हुँदैन भने अन्य सेवाग्राही नागरिकहरु कति ठगिन्छन् र कसले आवाज सुन्ला । ”

नेशनल मात्रै होइन् बुटवलका अधिकांश अन्य ल्याबहरुले एक हजार रुपैयाँ डेंगी परिक्षणमा लिँदै आएको पाईएको छ । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा सहायक निर्देशक जनस्वास्थ्य अधिकृत युवराज पाण्डेले जिल्ला जनस्वास्थ्यबाट आएको पत्रलाई हामीहरुले सबै वडाहरुमा पठाईसकेका छौं । पत्रमा विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुले डेंगी रोगको परिक्षण शुल्कमा विविधता देखिएकाले विपतजन्य संवेदनशीलतालाई ध्यानमा राखेर पाँच सय रुपैयाँ लिनुपर्ने उल्लेख छ । सोही नियमलाई लागू गर्नुपर्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल भन्छन्, जिल्ला प्रशासनमा बसेको बैठकमा जिल्लाका सरकारी, सामुदायिक र निजी स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरुपनि आउनु भएको थियो। उहाँहरुले नै तोकिएको शुल्क लागू गर्नेगरी निर्णय भएको हो । यसमा कसैले मलाई थाहाँ भएन, थिएन भनेर नागरिकसंग बढी शुल्क लिन पाईन्न । यदि कसैले लिएको पाईएमा तत्काल अनुगमन गरी प्रमाण फेला परेमा कारबाही गर्नेछौं । प्रमुख ढकालले नेशनल प्याथको बारेमा आफुलाई पनि प्रमाणसहितको गुनासो आएको बताउँदै त्यहाँ भएको थियो ? जनप्रतिनिधिले बुझाउन खोज्दा पनि किन सुनिएन यसबारेमा कार्यालयले अनुगमन गर्छ । नियम विपरीत जाने जो कोहीलाई कानुनी कट्घरामा ल्याउँछौं ।

नेशनल प्याथ ल्याव बुटवलका प्रमुख प्रकाश न्यौपानेले आफु सिडियो कार्यालयमा भएको बताउँदै, उक्त नियमबारे आफु अनविज्ञ भएको सुनाउँदै आज मात्रै पत्र पाएको र सोमबारदेखि ५ सय रुपैयाँ लिएर लागू गर्ने जनाए । आइतबार नै पत्र पाईसकेपछि किन सोमबारदेखि लागू हुन्छ भन्ने जिज्ञासामा उनले आज धेरै परिक्षण नभएकाले भोलीदेखि लागू गर्ने बताए ।