दुर्घटना न्यूनीकारणका लागि विद्यार्थीलाई प्रशिक्षण

बुटवल, भदौ १४ गते । सुरक्षित यात्रा नेपालले दुर्घटना न्यूनीकरण गर्ने उद्वश्यले बुटवलमा विद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमबारे विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।

दुर्घटना न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको सुरक्षित यात्रा नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहयोग र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको सहकार्यमा विद्यार्थीका लागि प्रशिक्षण आयोजना गरिएको हो । शुक्रबार आयोजित सचेतना कार्यक्रममा बुटवलको स्कलर्स होम बोर्डिङ स्कुलका विद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण दिइएको हो ।

विद्यार्थीलाई ट्राफिक नियमबारे ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्षक श्यामबहादुर खत्री र प्रहरी निरिक्षक शोभा पाण्डेयले प्रशिक्षण दिए । सडक दुर्घटना न्यूनीकरणका लागि सबै विद्यार्थीले ट्राफिक नियम पढ्नु पर्ने उनीहरुले बताए ।

दुर्घटनाका घटनाहरु बढ्दा मानवीय र भौतिक क्षतप्नि बढ्ने भएकाले सबैको ध्यान दुर्घटना न्यूनीकरणमा जानु पर्नेमा बताए । ट्राफिक नियमबारे सबै विद्यार्थीलाई जानकार गराउनु पर्ने र दुर्घटना न्यूकरणका लागि सबै नागरिकलाई सचेत हुन आगै्रह गरे ।

उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बढ्दो दुर्घटनामा कमी ल्याउन ट्राफिक प्रहरी र अन्य सबै सरोकारवाला निकायसंग सहकार्य गरेर काम गर्ने बताए । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सबैले ट्राफिक नियम पालना गर्नुपर्ने बताउंदै प्रमुख पाण्डेयले भने – बुटवल उपमहानरपालिका दुर्घटना न्यूनीकरणका विषयमा गम्भीर छ ।

कार्यक्रममा सुरक्षित यात्रा नेपालका उपाध्यक्ष प्रकाश गैरे, कानुनी सल्लाहाकार महेन्द्र पाण्डेय, कार्यक्रम संयोजक दीपक ढकाल, स्कलर्स होम बोर्डिङ स्कुलका प्राचार्य टिकाराम गौतम लगायतले बोल्दै दुर्घटनाका घटनाहरु बढ्दै जांदा ठूलो मानवीय र भौक्षिक क्षती भएकाले दुर्घटना न्यूकरण गर्नुको विकल्प नभएको बताए ।

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण वैलवासेको अध्यक्षता र महासचिव प्रकाश नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो । सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्वासले जसरी पनि दुर्घटना न्यूनीकरण गर्नुपर्ने र त्यसका लागि दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहने प्रतिबद्दता जनाए ।