हामी सच्चा कम्युनिष्ट मिल्नै पर्छ

सुरेशकुमार पान्डे
देशमा संकट परेको बेला हामि घोर प्रतिक्रियाबादीसँग समेत कार्यगत एकता गरेर जान्छौ।किन भने त्यतिबेला हाम्रो जीम्मा देशलाई जोगाउँने हुनुपर्छ। कम्युनिष्ट आन्दोलनको ईतिहांस अध्यायन गर्नुभएका साथिहरुलाई हामिले त्यसबारे उदाहरण दिनु पर्दैन होला। चीन रुस लगायतका कयौँ देशहरुको थुप्रै उदाहरणहरु छन् ।
देशमा बिदेशीहरुको हस्तक्षेप बढेको बेला हामिले जसलाई फाल्न हिंजो ठुलो बलिदान दियौं त्यसै सँगपनि एकता गर्नुपर्छ।दुश्मनको दुश्मन दोस्त हुन्छ भनेको जस्तै बिदेशीहरुको हस्तक्षेपको बिरुद्व राजाले गर्छन भने हामिले राजासँग पनि कार्यगत एकता वा तालमेल गरेर भएपनि बिदेशीहरुको हश्तक्षेपलाई परास्त गर्नुपर्छ। हाम्रो ईतिहासमा राजाको कदमलाई स्वागत गरेको पनि छ ।
अरनिको राजमार्ग खोलेर चीन सँगको ब्यपार गर्दा भारतले गरेको सन२०४५सालको १३मैनाको ईतिहास हाम्रो सामुन्नेछ।२०४६सालको जन आन्दोलन,६२–६३को जनआन्दोलनमा राजतन्त्रको बिरुद्धमा कांग्रेससँगको तालमेलको ईतिहास पनि साक्षी छ ।
हामिले कोसँग एकता गर्यौँ त्यो ठुलोकुरा होईन बरु कुनबेला एकता गरेयौ भन्ने बिषयले महत्व राख्दछ। ओली सरकारलाई समर्थन राष्ट्रयता जनतन्त्र र जनजीवीकाको सवालमा गरेकाहौँ।त्यो बेला ओलीले देशको हितमा गर्छन भन्ने लागेको थियो।प हिले कथित मधेसवादी दलहरुले भारतसँग मिलेर देशलाई अतिक्रमण गर्न मद्त गरेको बेला ओलीको देशभक्ति कदमलाई साथ दिनुनै ठिकथियो ।पछि तिनै ओलिको बिरुद्ध हामिले उन्ले चालेको प्रतिगामि कदमको बिरुद्धमा शंघर्ष गरेयौं ।
हामिले कम्युनिष्टहरुको त्यो सैधान्तिक आधारमा कांग्रेसलाई समर्थन गर्नुपरो । हामिले आफै बनाएको बिधानहो। संघर्ष एकता र संघर्षको आधारमा कांग्रेससँग एकता गर्नैपर्ने अबस्थालाई ओलीले आफै तयार पारेकाथिए ।त्यसलाई पार्टीले देश र जनताको पक्षमा सारेको कदमलाई गलत भन्न सकिदैन।
मानिसहरुको आआफ्नै बिचारधारा हुन्छ कसैलाई पनि बिचारले बाद्ने हो । ।बल देखाएर गालि गलोच गरेर हामिले कसैलाई पनि पार्टी संगठनको नजिक ल्याउँन सक्दैनौँ । हामिले हाम्रा साथिहरु केही कमी कमजोरी भएकै छ, भनेपनि उनीहरु हाम्रा आत्मिय मित्रहुन।त्यसकारण एकता संघर्ष र एकता मित्र शक्तिसँग अपनाउँने आधार हो, भने जो साथि हाम्रै परिवारका हुन तिनमा त झनै लचिलो ब्यबहार हुनुपर्छ भन्ने मलाई लाग्छ।
त्यसकारणले यदि पार्टीले बार्ताको बाताबर्ण मिलाएर मैत्रीपूर्ण छलफलको ब्यबस्था गर्छभने भाग किन नलिने?रह्यो बार्ताको दश्ताबेज त्यो पनि बार्ताकै टेबुलमा गएर त्यसबारेमा पनि छलफल गरौँ। छलबलको अर्थ छलफल हो भनेर बुझ्नुपर्छ।छलफलको अर्थलाई अनर्थ सम्झिन थाल्ने र संङ्का गर्न थालेपछि त बार्तानै हुँदैन।आखिर ठुला ठुला घटना भयकाको समाधानपनि बार्तानैहो।त्यसकारणले हामिले हाम्रो पार्टीलाई बलियो सुदृढ र ब्यापक बनाउँनेहो भने हामि बार्तामा जानैपर्छ।हाम्रो बिचको एकतालेनै देशभित्र क्रान्तिको रुप रेखा तयार गर्न सक्छ।
अहिले पार्टीले केगर्दैछ उहिले के गरो भन्नेबारे हामिहरु मध्ये सबैलाई जानकारिछ कसैलाई थोरै कसैलाई धेरै हुनसक्छ। त्यसकारणले अहिले कसैलेपनि आफ्नो अड्कलबाजिलाई फेसबुक वा कुनै मिडियामा नराखेर छलफलको सौहार्दपूर्ण बाताबरण बनाउँ। सबैथोक ठिकहुन्छ हामि सबैलाई हाम्रो परिवार एकसूत्रमा बाँधिएको राम्रो लाग्छ। अहिलेको अबस्थामा देशमा अत्यान्तै तरल र समबेदनसिल अबस्थाछ। एकातिर अमेरिकन साम्राज्यवादको दादागिरी एमसीसीलाई जबरजस्त लागु गर्न खोजेकाछन भने आर्को तिर देशलाई धर्म निरपक्षयताबाट पुनः हिन्दुधर्ममा लैजाने प्रयात्न भएकोछ जस्मा राजालाई विस्व हिन्दु परिषदलेसमेत र छिमेकी देशले पनि सहयोग गरेकोछ। यो देशको र जनताको अहितमाछ ।
साथै आर्को खतरा पनि छ त्यो हो देशलाई पश्चिमि ईसाई धर्म तिर डोराउँने खतरा पनि उस्तैछ । यो सबै अबस्थालाई ध्यानमा दिंदा हामी गणतन्त्रवादी र देशभक्तहरु धर्मनिरपेक्षताका पहेरेदारहरुको एकता अनिवार्य छ । यो अबस्थामा सबै भन्दा पहिले हाम्रो पार्टीको एकताले ठुलो महत्व राख्दछ।अहिले मेरा गरुका बाह्रै टक्का भनेर आ–आफ्ना जुँवा बटार्नु भन्दा एकले आर्काको समस्यलाई बुझेर देश र जनताको हितमा पार्टी र संगठनको हितमा सिद्धान्त र क्रान्तिको हितमा मैत्रीपूर्ण छलफल गरेर ठोंश निर्णय लिंदा सबैको हित होला जस्तो मलाई लाग्छ ।
लेखक शुरेसकुमार पाण्डे  मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आवद्व छन् ।