वर्तमान यूवामा बढ्दो तनावर बौद्ध व्यवस्थापन


टोपजंग बुढाथोकी

बि.ए.एलएलबी, चौथो सेमेस्टर
लुम्बिनी बौद्ध विद्यालय
मानव सर्वश्रेष्ठ प्राणी हो । यस सृष्टिमा मानव जस्तै बौद्धिक विवेकी र संवेदनशील प्राणी न अरुकुनै छ न त परिकल्पना नै गर्न सकिन्छ । चाहे मानव निर्मित नवीनतम आधुनिक प्रविधि नै किन नहोस् त्यसले मानवको सिर्जना र बौद्धिकताको नियन्त्रण गर्न सक्दैन । तर कटु सत्य के हो भने मानवको जन्म पश्चात मृत्यु निश्चित त छनै । यसको साथसाथै हाम्रो जीवन, जीवनका हरेक आयामहरूसँग जोडिएको छ । हाँसो, खुसी, पीडा ,रोदन, आलोचना, समर्थन र समस्यासँग हामीले साक्षात्कार गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । जुन प्राकृतिक नियम हो ।

युवा अवस्था भनेको जीवनको एक अभिन्न उमेर अवस्था हो, जोसँग अदम्य साहस, इच्छा शक्ति ,दृढ संकल्प, उर्वर विवेक र सकारात्मक चिन्तनको समिश्रण ले भरिपूर्ण हुन्छ । यूवा परिवार, समाज, राष्ट्र र विश्व परिवर्तनको संवाहक हो । यूवा विचार,क्रान्तिको र विकासको समिश्रण पनि हो । राष्ट्रिय यूवा नीति २०७४ का अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई यूवा मानिन्छ, विश्वमा यूवाको उमेरको सन्दर्भमा आ– आफ्नो दृष्टिकोण भएतापनि यूवा अवस्था भनेको एक सिर्जनशील ,कर्मठअवस्था हो भनी हामी सहजै बोध गर्न सक्छौ।
विश्वमा कुल जनसङ्ख्याको २३ प्रतिशत यूवाको जनसङ्ख्या रहेको छ। कुनैपनि समाजमा १६ देखि ५९ वर्षसम्मका युवाशक्ति बढी हुने समय अवधिलाई डेमोग्राफिक डेभिडिना भनिन्छ। जुन नेपालको सन्दर्भमा ६०. ९६% रहेको छ। त्यस्तै १६ देखि ४० उमेरसम्मको जनसङ्ख्या ४२.५६% रहेको छ ।
मानिसले इच्छाएको कुनै चिज वस्तु वा उद्देश्य प्राप्त गर्न नसक्दा उत्पन्न हुने भावना तनाव हो। तनाव सामान्य अनुभव हो,जुन केही बेरमा कुनै कुराले गर्दा तनाव भइरहेको हो त्यसको समाधान भएपछि सकिन्छ। मुख्यत तनावलाई भावनाको आधारमा दुई भागमा विभाजन गरेर अनुभव गर्न सकिन्छ। सकारात्मक तनाव जुन मानवको लागि प्रेरणादायी र क्षणिक हुन्छ। जस्तै वार्षिक परीक्षामा प्रथम भएको विद्यार्थीलाई त्यसको गरिमा कायम राख्ने तनाव हुन्छ। यी बाहेकका अन्य तनाव जुन मानवको लागि समयमा व्यवस्थापन भएन भने एकदमै जटिल र भयावह अवस्था सिर्जना गर्छ। जस्तै नचाहिने कुराको सोचमा लिप्त हुनु बढ्दो सामाजिक आर्थिक र प्रविधि मैत्री वातावरणको सिकार हुनु पछिल्लो समय हरेक उमेर अवस्थाका मानिसमा तनाव चिन्ता नैरास्यता र डिप्रेसन को शिकार ले ग्रसित त छ नै। त्यसका साथसाथै यसको औषधि उपभोगकर्ता र यसबाट मृत्यु हुनेको दर दिनानुदिन वृद्धि हुँदै गइरहेको छ।
उपभोक्तावादी र भौतिकवादी आजको विश्व परिवेशमा यसको मारमा यूवावर्ग परेको पाइन्छ। यूवाअवस्थामा आफूलाई नवीनतम खोज, अध्ययन अनुसन्धान, शैक्षिक गतिविधि र सत्कर्म मा आफूलाई निखार्ने प्रवृत्तिभन्दा अहिलेको यूवा वर्ग पैसा, समृद्धि ,कामवासना सम्वन्ध र आफ्नो दौतारी र समाजको देखासिखी माया प्रेम लोभ लालज बढ्दो नैरास्यता बेरोजगारीका साथसाथै मोबाइल फोन टिभी इन्टरनेट खुकुलो सामाजिक र आर्थिक परिवेशको चपेटामा परेका छन्।
पछिल्लो दुई दशकमा विश्वभर डिप्रेसनको समस्या भोगिरहेको जनसङ्ख्या ५ गुनाभन्दा बढेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा ३०० मिलियनभन्दा बढी मानिस डिप्रेसनको समस्या मा छन् जो हरेक वर्ष डिप्रेसनकै कारण झण्डै एक मिलियन मान्छेले आत्महत्या गर्छन् । डिप्रेसनको समस्यामा परेका ८०% भन्दा बढी मानिस गरिब मुलुकमा बसोबास गर्ने गरेको तथ्यांकले देखाउँछ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र महाराजगञ्जले गरिएको एक अध्ययन अनुसार नेपालका झण्डै २४% कलेज जाने विद्यार्थीमा डिप्रेसनको समस्या रहेको पाइएको थियो । नेपाल जस्तो विकास उन्मुख देशमा यस्तो समस्या हुनु भनेको एकदमै विकराल र भयावह अवस्थाको सिर्जना हुनु हो।
भनिन्छ आफ्नो मन र मस्तिष्कलाई जित्न सक्ने मानिसले विश्व जित्न सक्छ ।
आज विश्वमा जति पनि सफल व्यक्तिहरूको सूची छ उनीहरूको एउटै सूत्र भनेकै आफ्नो मन, मस्तिष्कको जित हो । ती सफल भएका अधिकांशको सफलताको रहस्य स्वावान्त सुखाए भएको पाइन्छ। अर्थात् आफ्नो कर्मको प्रतिको निरन्तरता प्रेम र आत्मसन्तुष्टि नै हो। मानवमा उत्पन्न भावनाको पहिचान पश्चात् समाधानको उपाय नै तनाव व्यवस्थापन हो। “यस ब्रह्माण्डमा सम्पूर्ण कुरा क्षणिक छ र्थात कुनैपनि कुरा चीर स्थायी छैन भनी बोध गर्न सकेको अवस्थामा हामीले आफ्नो जीवनमा उत्पन्न हुने सम्पूर्ण भावनाहरूलाई नियन्त्रण गर्न सक्छौँ।“ अमेरिकी मनोवैज्ञानिक र दार्शनिक विलियम जेम्सको एउटा भनाइ छ “तनाव विरुद्धको सबैभन्दा ठूलो हतियार भनेको एउटा विचारलाई अर्कोभन्दा बढी रोज्ने हाम्रो क्षमता हो“। भनिन्छ कुनै समस्याको समाधान गर्नुअघि त्यसलाई राम्रोसँग बुझेको हुनुपर्दछ। यदि हामीले जीवनको भित्री आत्मा र तनाव प्रतिको दृष्टिकोण परिवर्तन गर्न सक्छौँ र आफैंमा विश्वास गर्न सक्छौं भने हामीसँग तनावलाई सम्हाल्ने तरिका परिवर्तन हुन्छ। चिन्तित व्यक्तिले तनावलाई खतराको रूपमा देख्छन् भने सामान्य व्यक्तिले त्यही तनावलाई चुनौतीको रुपमा देख्ने गर्छ।
बौद्ध दर्शनले हामीले संसारलाई कसरी अनुभव गरिरहेका र्छौं । त्यसको पहिचान गर्न मद्दत गर्छ । हाम्रो जीवन आफ्नो चित्तमा मा निर्भर हुन्छ। जब हामीले “ नाम म्योहो रेगे क्यो“ जब गर्छौं। त्यस बखत घोषणा गरिरहेका हुन्छौं कि हामीसँग कुनैपनि परिस्थितिलाई सामना गर्नसक्ने आवश्यक साहस र बुद्धि। त्यसपछि जस्तोसुकै तनाव सामना गरिरहेको कुनैपनि मानिस समस्याको अवसरमा उठ्न मद्दत गर्ने उपकरण बन्छ। जुन कुरा यूवावर्गको लागि एक महत्वपूर्ण उपाय हुन सक्छ। यस प्रकारको अभ्यासले मानिसले असम्भव ठानेका चुनौतीहरू सहजै समाधान गर्न त मद्दत गर्छ नै आफैंमा ठूलो विश्वास पनि विकास गर्छौं।
अझ ठूला चुनौतीहरू लिन सक्ने क्षमता राख्छौं। जब हामीले बौद्ध अभ्यास बारम्बार गर्छौं। जसले हामीलाई प्रत्येक समयमा आइपर्ने कठिनाइको सामना गर्न र अझ गहिराईसम्म पुग्ने साहस दिन्छ । बौद्ध दृष्टिकोणबाट तनावपूर्ण परिस्थिति भनेको यस अगाडि कहिले नभएको जस्तो आत्मविश्वास गर्नु अझ बढीचुनौती हो। बौद्ध सूत्रहरूमा एक प्रसिद्ध दृष्टान्त छः “एक दिन, आफ्नो बच्चा गुमाएकोमा शोकले ग्रस्त एक महिला शाक्यमुनिको नजिक पुगिन् र आफ्नो बच्चालाई फेरि जीवित पार्न बिन्ती गरिन्। शाक्यमुनिले उनलाई सान्त्वना दिए र उनको बच्चालाई पुनर्जीवित गर्ने औषधि तयार गर्ने प्रस्ताव राखे। यो बनाउनको लागि एउटा तोरीको दाना चाहिन्छ, जुन उनलाई नजिकैको गाउँमा खोज्न निर्देशन दिए। यद्यपि, यो तोरीको दाना त्यस्तो घरबाट आउनु पर्ने थियो जसले कहिल्यै परिवारको सदस्यको मृत्युको अनुभव गरेको थिएन। महिला घर–घर गएर प्रत्येकलाई तोरीको दाना माग्दै गइन्। र कतै पनि उनले कहिल्यै मृत्यु नदेखेको घर भेट्टाउन सकिनन्। आफ्नो खोज जारी राख्दै, महिलाले महसुस गर्न थालिन् कि उनको पीडा सबै मानिसहरूको साझा कुरा हो। उनी शोकले अभिभूत नहुने दृढ संकल्प गर्दै शाक्यमुनिकहाँ फर्किइन्।”
पछिल्लो समयमा अझ बढी मानसिक रोगको शिकारमा युवा शक्ति ग्रसित भएको तथ्य जगजाहेर नै छ । अव्यवस्थित आर्थिक सामाजिक र मानसिक जीवनशैली नै यसको मुख्य कारण बन्न पुगेको छ । भनिन्छ विष नभएको सर्प र इख नभएको मानिस काम लाग्दैन । तर त्यसो गर्दा इस्र्या हुँदैन । ईश्र्या, दोयसमा परिणत हुँदा देखापर्ने खतराप्रति समाधान हुन जरुरी छ। अवसरलाई सही तरिकाले उपयोग गर्न नसक्दा त्यो व्यक्तिगत हानि दुश्मनीमा परिणत हुन्छ । त्यसैले आफ्नो कमजोरीको पहिचान स्वीकार गर्नु र त्यसको सुधारको लागि लाग्नु नै उच्चस्तरको स्वाभिमान हुन जान्छ । बौद्ध व्यवस्थापनले मूलत मानवलाई आफूलाई चिन्ने मौका प्रदान त गर्छ नै । त्यसका साथसाथै सत्मार्ग र सत् चित्तसँग कर्म गर्ने उत्प्रेरणा प्रदान गर्छ । शाक्यमुनि गौतम बुद्ध २९ वर्षको उमेर सम्म कपिलवस्तुको लुम्बिनीमा जन्मिएका राजा सुद्धोधनका छोरा राजकुमार सिद्धार्थ गौतम बाहेक अरु कोही थिएनन् । तर उनीभन्दा अगाडि कुनै बुद्ध नभएको होइन । पछि पनि भए अहिले पनि छन् र भविष्यमा पनि हुनेछन् । बुद्ध धर्ममा बुद्ध शब्दका निमित्त मात्र सीमित छैन । बुद्ध कसैको नाम मात्र नभएर एक अवस्था हो । त्यसैले हर कोही बुद्ध बन्न सक्छ ।तर बुद्ध जस्तै सत्यको मार्ग पहिचान गर्न कठिन पनि हुन सक्छ । त्यसको लागि आफ्नो जीवनशैली र व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ ।
बुद्धले अवलम्बन गरेको र अहिलेका युवा समेतले अभ्यास गर्नुपर्ने बौद्ध आचरण चतुर आर्य सत्य, अष्टाङ्गिक मार्ग पञ्चशील लाई धारण नगरेपनि यसलाई केही मात्रामा अवलम्बन गरेर नियमित ध्यान योग अभ्यास समय व्यवस्थापन र स्वस्थ जीवनशैली अवलम्बन गर्न सक्यो भने जस्तोसुकै तनाव कम गर्न सकिन्छ । मानवलाई स्वयंलाई चिन्न मद्दत गर्ने ध्यानमध्येको एक अभिन्न ध्यान हो । विपस्सना ध्यान जुन १० दिनको हुन्छ। हाल लुम्बिनी र पाल्पा जिल्ला लगायत देशका विव्हिन्न स्थानहरुमा यसको अभ्यास गराइन्छ । र अर्को जहिले ,जहाँ र जोसुकैले गर्न सक्ने विधि भनेको आनापाना सति हो, अर्थात् आँखा बन्द गरी सकेसम्म ढाडलाई सिधा राखी अभ्यास गर्ने र सकिएन भने आफूलाई सहज हुने ध्यान मुद्रामा बसी ध्यान नाकको स्वासप्रश्वासमा केन्द्रित गर्ने र आउने विचारहरूलाई वास्ता नगर्ने हो भने हामीमा भएको तनावको अवस्था क्रमिक रुपमा गर्दै जानेछ । त्यसैले भन्न सकिन्छ तनाव व्यवस्थापनको एक अचुक उपाय भनेकै ्बौद्ध ध्यान हो ।
बौद्ध एक धर्म मात्र नभएर जीवन पहिचान गर्ने मार्ग दर्शन र सारा सृष्टिको सार पनि हो। हामीले बुद्ध नेपालमा जन्मेको मात्र भन्ने बानीले बुद्धप्रतिको सदासयता देखाउन सक्दैन । तर बुद्धले प्रदान गर्नुभएको शिक्षाको पालना गरेको खण्डमा अहिलेका युवा भोलीको राष्ट्र निर्माताको संवाहक बन्ने कुरामा कुनै सन्देह छैन । त्यसैले अहिलेको युवा साथसाथै सारा विश्वले र मानव जगतले अवलम्बन गर्नुपर्ने जीवनशैली भनेकै बौद्ध जीवनशैली हो । यसको अर्थ यो होइन कि सबै बौद्ध धर्म नै मान्नुपर्छ ।
बुद्ध धर्म अवलम्बन जोसुकैले नगर्न सक्छ । तर बौद्ध जीवनशैली हामी सबैले अभ्यास गर्न सकिन्छ । जसले हामीलाई माया मोह लोभ र ईष्र्या मुक्त गरी जीवनलाई पहिचान गर्न कर्म गर्न प्रेरणा दिन्छ। अहिलेको बदलिँदो विश्व परिवेशमा बौद्ध जीवनशैली एक अमृत हो । हरेक परिस्थितिलाई बदलाको भावले होइन वल्की कर्म गर । तिमीलाई कर्मले न्याय गर्नेछ ।
भवतु सब्ब मंगलम् ।






















